२४ कार्तिक २०८३, मंगलबार

भूकम्पले फेरि हल्लायो काठमाडौं, सर्वसाधारण त्रसित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sindhupalchoka-earthquakeकाठमाडौं, फागुन १२ । सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर आज पुनः भूकम्पको पराकम्पन गएको छ । दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का राजधानी काठमाडौंसहित आसपासका जिल्लामा महसुस गरिएको छ । भूकम्प गएपछि सर्वसाधारण घरबाहिर निस्किएका थिए । आजको धक्का गत वैशाख १२ गते गोरखामा गएको भूकम्पको पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत वैशाख १२ गतेपछि ४ रेक्टर स्केलमाथिका ४ सय ३५ वटा पराकम्पन गइसकेको केन्द्रले जनाएको छ ।