
काठमाडौं, १२ फागुन । हराइरहेको तारा एयरको विमान खोज्न ३ वटा हेलिकप्टर परिचालन गरिएको छ ।
मौसममा सुधार आएपछि नेपाली सेनाकोसहित ३ वटा हेलिकप्टर परिचालन गरिएको तारा एयरले जनाएको छ ।
यसअघि मौसममा खराबी आएपछि केहीबेर अघि तीनवटै हेलिकोप्टर पोखरा र घासामा अवतरण गरिएको थियो ।
हराइरहेको विमान खोजी गर्न डाइनास्टी एयरको २ वटा र नेपाली सेनाको एउटा हेलिकोप्टर परिचालन गरिएको हो ।












प्रतिक्रिया