२४ कार्तिक २०८३, मंगलबार

उपेन्द्र यादवसँग पूर्वमन्त्रीको कडा टक्कर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra yadav

काठमाडौं, १२ फागुन । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाललाई एक जना पूर्वमन्त्रीले कडा टक्कर दिएका छन् ।

उपेन्द्रले पार्टीबाट निकालेका रिजवान अन्सारीले संघीय नव विचार समूह गठन गरेर कडा टक्कर दिएका हुन् । अन्सारी पूर्वमन्त्री समेत हुन् ।

पार्टी परित्याग गरी नयाँ शक्ति गठन गरेका बाबुराम भट्टराईले एमाओवादीबाट धमाधम कार्यकर्ता तानिरहेको शैलीमै पार्टीबाट निकालिएका अन्सारीले उपेन्द्रको पार्टीबाट नेता कार्यकर्ता तान्न सुरु गरेका हुन् ।

यसैक्रममा बुधबार उपेन्द्रका तीन जनाले पाटी परित्याग गरी अन्सारीको नव विचार समूहलाई रोजेका छन् । अन्सारीको समूहमा आएकाहरुमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बाबुराम शर्मा, केन्द्रीय सदस्य स्वास्थ्य विभाग राजु भुजेल, बुदिजीवी परिषदका उपाध्यक्ष महाविर प्रसाद मल्ली रहेका छन् ।

उनीहरुले पार्टीले आफ्नो एजेण्डा विर्सेर गलत बाटोमा लागेको भन्दै आफूहरुले छाडेको बताएका छन् ।

यसअघि संघीय समाजवादी फोरम नेपालको असन्तुष्ट समूह भनेर चिनिएका रिजवान अन्सारी, वीरबहादुर लामा, विश्वदीप लिङ्देन, उपेन्द्र साह लगायतले अन्सारीको नेतृत्वमा संघीय नव विचार समूह बनाएका थिए ।

संघीय समाजवादी र फोरम नेपालको एकीकरणका क्रममा विधानमा समानुपातिक समावेशी हटाएपछि संघीय समाजवादी फोरममा विवाद सुरु भएको थियो ।
यस्तो छ प्रेस विज्ञप्ती:

press bigyapti2press bigyapti 2b