२४ कार्तिक २०८३, मंगलबार

विमान दुर्घटना हुनुअघि तारा एयरका वरिष्ठ पाइलटले के भनेका थिए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepalipilot-1काठमाडौं, १२ फागुन । आज विहानैदेखि हराएको तारा एयरको विमानका एक जना वरिष्ठ पाइलटले बोलेको अन्तिम शब्द सार्वजनिक भएको छ ।

पोखराबाट जोमसोमका लागि उड्ने क्रममा हराएको तारा एयरको विमानका वरिष्ठ पाइलट रोशन मानन्धरले अन्तिम पटक ‘फेरि भेटौला गुड डे’ भनेको रेकर्ड पोखरामा विमानस्थलमा रहेको पाइएको छ ।

विमानस्थलको राडारले अन्तिम रेकर्ड गरेको उनको सन्देशमा उनले शुभ दिन फेरि भेटौंला भनेका थिए ।

पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलका अनुसार पाइलटले पोखरा विमानस्थलको टावरसँग फेरि भेटौंला, गुड डे भन्दै अन्तिम कुराकानी भएको थियो । त्यसपछि जोमसोम टावरसँग पनि कुनै कुराकानी नभएको बताइएको छ ।

बिहान ७ बजेर ५७ मिनेटमा उडेको तारा एयरको विमान ८ बजेर १० मिनेटपछि सम्पर्क भएको थियो । विमानमा २३ जना यात्रु सवार थिए ।