२४ कार्तिक २०८३, मंगलबार

तारा एयरको विमान दुर्घटनाबारे रुप्सेका स्थानीयबासीको सनसनीपूर्ण बयान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tara Airlines

काठमाडौं, १२ फागुन । अहिलेसम्म पत्ता नलागेको तारा एयरको नाईन एनएचएच ट्वीनटर विमान दुर्घटनाबारे स्थानीयबासीले अर्कै वयान दिएका छन् ।

आज विहान पौने आठ बजे पोखराबाट जोमसोमको लागि उडेको विमान म्याग्दीको रुप्से नजिकैबाट हराएको थियो ।

दुर्घटना खराब मौसमका कारण भएको भएको बताइएपनि वास्तविक कारण खुल्न सकेको छैन । विमान खोजीका लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको छ ।

यस्तो छ स्थानीय बासीको बयान

म्याग्दीको रुप्से आसपासका स्थानीय बासीले विमान डाँडामा ठोक्किएर दुर्घटना भएको बताएका छन् । विमान दुर्घटना हुनुअघि ठूलो आवाज सुनिएको र आगोको मुस्लो देखिएको स्थानीयले टेलिफोनमा जानकारी दिएका हुन् । पोखरा विमानस्थलबाट आज बिहान (बुधबार) बिहान ७ बजेर ४७ मिनेटमा जोमसोमको लागि उडेको थियो ।

पोखरा विमानस्थलका अनुसार म्याग्दीको घोडेपानीसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्क बिहीन भएको थियो । प्रत्यक्षदर्शीका अनुसार रुप्सेको डाँडामा ठूलो आवाज आएपछि धुँवा आएको देखिएको थियो । त्यसपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरलगत्तै इलाका प्रहरी कार्यालय दानाबाट प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।