काठमाडौं, १२ फागुन । हराइ रहेको तारा एयरको बिमान खोज्न नेपाली सेनाले जोमसोमस्थित आफ्नो गुल्मका साथै हेलिकप्टर परिचालन गरेको जनाएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले दिएको जानकारी अनुसार बिमानले उडान भरेको सम्भाव्य स्थानहरूलाई केन्द्रमा राखेर खोजी तथा उद्धारको कार्य भइरहेको छ ।
म्याग्दीको रुप्सेलाई केन्द्र बनाइ सेनाले खोजी कार्य गरिरहेको सैनिक जनसम्पर्क निर्देनालयले जनाएको छ । ताराको बिमान दुर्घटना भएको भनिएको सबै स्थानहरूमा आफ्ना टोलीलाई परिचालन गरेको सेनाको भनाइ छ ।












प्रतिक्रिया