१५ कार्तिक २०८३, आइतबार

नेपालीको ढाडमा टेकेर टाउकोमा हान्ने भारतको ‘ग्राण्ड डिजाइन’ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khadga Prasad Oli, Narendra Modi, Radhika Shakya

– भोला घिमिरे
भारतको ‘ग्राण्ड डिजाइन’मा नेपाल र नेपालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भुल गरेजस्तो मलाई लागेको छ । त्यसमा प्रत्यक्ष देखिएको ‘नाङ्गो नाच’लाई मैले ७ बुँदामा बुझेको छु ।

१) नेपाललाई हाल ८० मेघावाट विद्युत दिएर नेपाल र नेपालीको स्वाधीनताको नारालाई फेरि भारतकै पकडमा पार्न सफल भएको छ ।

२) भारतमा नै विद्युतको चरम सङ्कट परेको बेला नेपाललाई विद्युत दिएर नेपालको कोशी, कणाली र महाकालीबाट हाइड्रोपावर सम्झौता गराउदै नेपालको सम्पूर्ण उर्जा शक्तिलाई अफ्नो पकडमा पार्न चाहन्छ, त्यो पनि सायद ८० मेघावाट विद्युतमा नै बेचेको हुनुपर्छ तर त्यसको पूर्ण विवरण आएको छैन ।

३) पानी र विद्युतको हाहाकार भएको देशले नेपालमाथि देखाएको दयालु पन भनेको नेपालीको ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति अनुसार आउँदो एक बर्षभित्र ६०० मेघावाट विद्युत दिने सम्झौता गरिएको हो तर यो बुझ्ने थोरै मात्र छन् ।

४) पाँच महिनासम्म नाकाबन्दी गरेको भारतले नुन, तेल, ग्यास, डिजेल र मट्टीतेल मात्र नाकाबन्दी गर्दा नेपाल भारतमा परनिर्भर छ भन्ने देख्दा देख्दादेख्दै पनि भारतसँग फेरि विद्युतको सम्झौता गर्नु आत्माघाती हुनेछ । हिजो नाकाबन्दी गर्दा तेल ग्यास र अरु उपभोग्य बस्तुमा नाकाबन्दी भयो भोलि ६०० मेघावाट विद्युत सञ्चालनमा आउँदा त्यही बिद्युतमा नाकाबन्दी गर्यो भने नेपालको हालत के होला त्यसमा कसैले सोचेको छ । अनि यो नेपाली शासकको नांगो नाच होइन भने के हो त ?

५) भारतीय बिस्तारबादको प्रत्यक्ष या अप्रत्यक्ष हस्तक्षेपविरुद्ध उठ्ने बेलामा विद्युत सम्झौता गराउँदै एकपछि अर्को परनिर्भरतामा धकल्नु कुन राष्ट्रबाद हो । यो केबल शासकको अगाडि झुकेर ज्यु ज्यु गर्ने ‘राष्ट्रद्रोही’ रास्ट्रबाद होइन र ।

६) जो आफ्नो नागरिकलाई एकसरो लगाउन र खान दिन सक्ने अवस्थामा छैन त्यसैको पाउ पर्दै आफ्नो निजि स्वार्थ पूरा गर्न किन आम नेपाली श्रमजिबि जनतालाई भारत मै परनिर्भर बनाइदै छ । के नेपाली जनताले सरकारमाथि गरेको बिश्वास लाई कुठाराघात नगरेको भए के हो त । नेपाली जनता लोडसेडिङ खेप्न तयार छन तर विभिन्न लोभमा परेर गरिएको सम्झौताबाट आएको विद्युत र भारत निरभर्तालाई टोड्न चाहदा चाहदै किन यस्ता सहमति र सम्झौता हुन्छन् के यो निजि स्वार्थ नभएर के हो त ?

७) आफ्नै लगानी, क्षमता, बिबेक र बुद्धि लगाउने हो भने नेपालबाट आफ्नै पैसाले विद्युत निकालेर भारतलाई विद्युत बेच्न सक्ने क्षमता भएको देश हरेक कुरामा भारतमै परनिर्भर हुनु पक्कै पनि नेपालीको लागि खुसीको कुरा हुनै सक्दैन । यो केबल भारत को ‘ग्राण्ड’ लाई बुझेरै पनि शासक खुसी बनाउने र सत्तालाई बचाउन गरिएको ‘द्रोही’ सम्झौता हो त्यसको मुख्य नायक भनेको एमाले सरकार सहित सत्तासाझेदारी दल एमाओबादी र राप्रपा नेपाल हो जो हिजो पनि भारत कै ‘गुलाम’ थिए भारतकै भक्त थिए आज पनि भारत कै भक्त छन भन्ने कुरा अब नबुझेर कहिले बुझ्ने ?

(यो लेख घिमिरेको निजी विचार हो । )