२९ आश्विन २०८३, बिहिबार

मोदीलाई खुल्लापत्रः ‘पानी चाहिँ दिनुस् है दिल्लीलाई, बरू हामीलाई पेट्रोल चाहिँदैन् !’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

President Obama Meets With Prime Minister Narendra Modi Of India At The White House

प्रिय नरेन्द्रजी
नमस्कार!

यो पत्र लेख्नुको उद्देश्य तपाईंसँग कुनै राजनीतिक फाइदा लिनु र सौदावाजी गर्नु होइन् । राजनीतिक सौदावाजी त धेरैले गरिसकेका छन् । अझै गर्न मन भए त्यति मजाका प्रधानमन्त्री केपी ओली त्यतै छन् जति गर्नुछ उनीसँगै गर्नु । हामीले उतै पठाइदिएका छौँ तपाईंकोे सजिलाका लागि । सन् १९५० को नाम विपरित परिणाम दिइरहेको ‘शान्ति तथा मैत्री’ सन्धीको कुरा उप्काएर टाउको दुखाउनु त पटक्कै होइन् । अझै तपाईंले नै सुरू गरेर मितेरी पुलबाट खसालेर अन्त्यहिन अन्त्य गरिदिएको मधेश आन्दोलन र घोषणै नगरी गरिएको अघोषित नाकाबन्दीको बारेमा पनि म तपाईंलाई केही भन्ने छैन् ।

नेपाल र भारत एक अविरल छिमेकी हुन् । जसलाई निरन्तर त्यतै बगिरहेका महाकाली, कोशी, कर्णाली र गण्डकीले पनि बगाएर लान सक्ने छैनन् । ओलीलाई फकाउनु वा तर्साउनु अझैँ अरू नदी पनि त्यता बगाउने हैसियत छ, उनीसँग । त्यसले पनि हाम्रो सम्वन्धमा केही फरक पर्नेवाला छैन् । यो पत्र म तपाईलाई यसकारण लेख्दै छु, कि हरियाणामा जातिय आरक्षणको माग गर्दै आन्दोलनरत हरियाणासहित ७ राज्यमा बस्ने जाट समुदायले आन्दोलन सशक्त बनाउने क्रममा पानीको मुख्य स्रोत मुनाक नहरलाई नियन्त्रणमा लिएर आपूर्ति बन्द गरिदिएपछि नयाँदिल्लीमा लगभग एक करोड मानिस काकाकुलको स्थितिमा पुगेको समाचार लगातार सञ्चार माध्ययममा आइरहँदा हामीसँग रोटी र बेटीको साइनो भएका छिमेकी दाजुभाई दिदीबहीनीहरू पानी अभावमा छट्पट्टिएर मृत्युवरण गर्नुपर्ने जस्तो गम्भीर मानवीय संकटको सिर्जना भएको थाहा पाउँदा आफ्नै पीडा सम्झेर खपिसक्नु भएन् । त्यसबाट प्रभावित जनसंख्या नेपालको एकतिहाई हुन आउँछ ।

पेट्रोल अभावमा छट्पट्टिएका नेपालीमाथि सहानुभूति दिने र सहयोग गर्ने तिनै महान भारतीय नागरिकहरू (केहि बाहेकका) पानी अभावमा छट्पट्टिएको हामी कदापि हेर्न सक्दैनौँ । कसरी हेर्न सकिन्छ र छिमेकीको विजोग ? यदि पानी पनि पुर्याइदिन सकेनौं भने यता हाम्रोमा तपाईंको नाकाबन्दीले गर्दा पेट्रोल अभावमा यातायात र एम्बुलेन्ससमेत चल्न नसकी अस्पताल पुग्न नपाएर छट्पटाएर मृत्युवरण गर्नुपरेका विरामीको भन्दा बढी कयौँ गुणा ठुलो अपराध लाग्नेछ, तपाईंलाई ।

नेपालले अंग्रेजसँग गरेको सुगौली सन्धिबाट गुमाएको र सन १९५० को सन्धिअनुरूप फिर्ता पाउनुपर्ने तर, अंग्रेजको अवशानपश्चात पनि तपाईंहरूले नै आपुताली खाएको भू–भाग बराबरमा बस्ने जनसंख्या हुन आउँछ । सन २०१५ मा तपाईंको देशको सर्वोच्च अदालतले जाटलाई आरक्षित समुदाय नभएको फैसला गरेको थियो । यो समस्या कसरी मिलाउनु छ मिलाउनुस् । तपाईंको आफ्नै देशभित्रको समस्या हो । हामी यसरी मिलाउ भनेर छिमेकीको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने मनशाय पटक्कै राख्ने छैनौँ । तर, उनीहरूलाई जसरी पनि पानी चाहिँ पुर्याइदिनु न है ! बिन्ती यति छ ।

पेट्रोल अभावमा छट्पट्टिएका नेपालीमाथि सहानुभूति दिने र सहयोग गर्ने तिनै महान भारतीय नागरिकहरू (केहि बाहेकका) पानी अभावमा छट्पट्टिएको हामी कदापि हेर्न सक्दैनौँ । दुई राज्यसत्ताका बीचका ठूलाठालुका स्वार्थका कारण निस्कने समस्यामा चेपिने हामी सर्वसाधारण नागरिक नै हौँ । आखिर त्यो भारतीय नामबाट चिनियोस् वा नेपालीको नामबाट । मानवीय संकटमा मानवताको एउटैमात्र परिचय हुन्छ, सहयोग जसका लागि हामी तयार छौँ ।

Keshav-Pandey
– केशवप्रसाद पाण्डे

पानीबिनाको कहालिलाग्दो जीवन कसरी कल्पना गर्न सकिन्छ र ? कसरी हेर्न सकिन्छ र छिमेकीको विजोग ? यदि पानी पनि पुर्याइदिन सकेनौं भने यता हाम्रोमा तपाईंको नाकाबन्दीले गर्दा पेट्रोल अभावमा यातायात र एम्बुलेन्ससमेत चल्न नसकी अस्पताल पुग्न नपाएर छट्पटाएर मृत्युवरण गर्नुपरेका विरामीको भन्दा बढी कयौँ गुणा ठुलो अपराध लाग्नेछ, तपाईंलाई ।

हामीले नै कौडीको भाउमा दस्तखत गरेर पठाएका वि.सं. २०११ मा कोशी, वि.सं.२०१६ मा गण्डकी, वि.सं.२०५३ मा महाकाली, वि.सं.२०७१ मा कर्णालीको पानीले प्यास मेटाइदेउ । त्यतिले पुग्दैन भने जानकारी दिएर आउनुस् ट्याङ्कर लिएर हामी चाहिएजति भरेर पठाइदिने छौँ । यता पठाउने पेट्रोल बरू पानी ओसार्न ट्याङ्करमा हाल्दा हुन्छ । तपाईंलाई कसैले नाकामा रोक्नेछैन् । पासपोर्ट मागिने छैन् र भारतीय सिमा सुरक्षा बलले जस्तो दुःख दिने छैनन् नेपाली सुरक्षाकर्मीले ।

पेट्रोल अभावमा छट्पट्टिएका नेपालीमाथि सहानुभूति दिने र सहयोग गर्ने तिनै महान भारतीय नागरिकहरू (केही बाहेकका) पानी अभावमा छट्पट्टिएको हामी कदापी हेर्न सक्दैनौँ । दुई राज्यसत्ताका बीचका ठूलाठालुका स्वार्थका कारण निस्कने समस्यामा चेपिने हामी सर्वसाधारण नागरिक नै हौँ । आखिर त्यो भारतीय नामबाट चिनियोस् वा नेपालीको नामबाट । मानवीय संकटमा मानवताको एउटैमात्र परिचय हुन्छ, सहयोग जसका लागि हामी तयार छौँ ।

अन्तमा मोदीजी पानी चाहिँ दिनुस् है ! दिल्लीका दाजुभाई दिदीबहिनीहरूलाई जसरी पनि । हाम्रो सहयोग चाहिए हामी आतुर छौँ छिमेकीलाई बचाउन हरबखत ‘।

उही तपाईंको हितैषी छिमेकी देश नेपालबाट,
केशवप्रसाद पाण्डे