१५ कार्तिक २०८३, आइतबार

कांग्रेस दार्चुलाको महाधिवेशन प्रतिनिधि छनौट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Flag– नरेन्द्रसिंह कार्की
दार्चुला, ११ फागुन । नेपाली कांग्रेस दार्चुलाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको मतगणना मंगलबार सकिएको छ । ६ खुला र ५ समावेशी गरी ११ प्रतिनिधि छनौट भएका छन् ।

६ जना महाधिवेशन प्रतिनिधिको लागि २४ जनाले उम्मेदवारी दिएका थिए । जसमा धिरेन्द्रसिह साउँद २ सय ३९ मत, बिक्रमसिह धामी १ सय ७४ मत, अमरसिह धामी १ सय ६५ मत, एकेन्द्रबहादुर पाल १ सय ६१ मत, करबीरबहादुर कार्की १ सय ६२ मत र महादेव बडु १ सय ११ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा छनौट भएका छन् ।

खुला प्रतिस्पर्धामा पहिलो स्थानमा आएका धिरेन्द्रसिह साउँद अधिवक्ता हुन् । यसैगरी विक्रमसिह धामी विपी चिन्तन प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष हुन् । महाधिवेशन प्रतिनिधिमा छनौट भएका महादेव बडु काग्रेस दार्चुलाका निर्वतमान सभापति हुन् । उनले २५ वर्षसम्म दार्चुला काग्रेसको नेतृत्व गरेका थिए । निर्वतमान सभापतिलाई महाधिवेशन प्रतिनिधिमा छनौट हुन हम्मे हम्मे परेको थियो । उनी छैटो नम्बरमा परेका छन् ।

यस्तै प्रतिनिधिमा छनौट भएका एकेन्द्रबहादुर पाल निर्माण व्यवसायी संघ दार्चुलाका पूर्व अध्यक्ष हुन् । करबीरबहादुर कार्की शिक्षक हुन् भने अमरसिह धामी दुर्गम विकास समितिका सदस्य एवं पूर्व महासमिति सदस्य हुन् ।

यस्तै महिला प्रतिनिधिमा नन्दा बम २ सय ८ मत र संगीता बम चन्द १ सय ६४ मत ल्यार विजयी भएका छन् । २ जना महिला प्रतिनिधिमा ६ जनाको उम्मेदवारी परेको थियो ।

दलित प्रतिनिधिमा गोर्वधन कोली २ सय ३८ मत ल्याएर विजयी भए । उनका प्रतिद्धन्द्धी प्रदेशी सुनारले १ सय २७ मत ल्याएका थिए । कोली दलित संघका जिल्ला अध्यक्ष हुन् भने सुनार दलित आयोगका केन्द्रीय सदस्य हुन् ।

यसैगरी आदिवासीतर्फ मानसिह बुढाथोकी १ सय ८२ मत ल्याएर विजयी भए । जनजाती प्रतिनिधिमा ३ जना प्रतिस्पर्धी थिए । अल्पसंख्यक अपांगतर्फ उमेशसिह खत्री १ सय ४२ मत ल्याएर विजयी भएका छन् । खत्री तरुण दलका जिल्ला अध्यक्ष हुन् ।

यसअघि सभापति पदको लागि भएको मतगणना सार्वजनिक भएको थियो । जसमा जनजाती नेता ललितसिह बोहरा अत्यधिक बहुमतका साथ विजयी भएका थिए । उनले २ य ४७ मत ल्याएका थिए ।

यसैगरी काग्रेसका जिल्ला कार्य समिति सदस्य, सचिव र कोषाध्यक्षको मतगणना हुन बाँकी रहेको छ । महाधिवेशन प्रतिनिधि अधिकांश संस्थापन पक्षका रहेका छन् । दार्चुला नेपाली काग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडुको गृह जिल्ला हो ।