१५ कार्तिक २०८३, आइतबार

गौतमबुद्धले यसरी गर्यो भारतीय नाकाबन्दीको समाना, दोस्रो वर्ष लाग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gautambudha-paper (1)

– रबिन्द्र प्रताप गुप्ता
भैरहवा, फागुन ११ । ‘सत्य,तथ्य,निस्पक्ष समाचार र सम्पूर्ण विचार’ भन्ने मुल नाराका साथ शान्तिका प्रतीक गौतमबुद्धको जन्मस्थान लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर, भैरहवाबाट प्रकाशित गौतमबुद्ध सन्देश रार्ष्ट्रिय साप्ताहिक पत्रिकाको मंगलबार प्रथम वार्षिक उत्सव भैरहवामा सम्पन्न भएको छ।

भैरहवाबाट विगत एक बर्षदेखि निरन्तर रुपमा प्रकाशित गौतमबुद्ध सन्देश पत्रिका गौतमबुद्ध मिडिया प्रालिबाट संचालित हुँदै आएको छ।

मिडिया प्रालिका अध्यक्ष खिम बहादुर खत्रीको अध्यक्षता,जिल्ला प्रशासन कार्यालय,रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालको प्रमुख आतिथ्यता,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी तथा लुम्बिनी अन्चल प्रहरी कार्यालयका प्रमुख शेरबहादुर बस्नेतको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

Gautambudha-paper (2)

साताको प्रत्येक सोमबार प्रकाशित हुँदै आएको गौतमबुद्ध सन्देश पत्रिकाले स्थापनाकाल देखि नै महाभुकम्प, पराकम्पन, मधेस आन्दोलन, अघोषित नाकाबन्दी लगायतका विषम परिस्थितिको सामना गर्दै यहाँसम्म आइपुग्न सम्पूर्ण पाठक वर्ग, लेखकवर्ग, विज्ञापनदाता, समाजसेवी, बुद्धिजीवी लगायत सबैको सहयोग रहेको गौतमबुद्ध सन्देश साप्ताहिक पत्रिकाका अध्यक्ष खिमबहादुर खत्रीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले राज्यको चौथो अंग पत्रकारिताको मुलुक निर्माणमा उल्लेखनीय योगदान रहेको चर्चा गर्दै आगामी दिनहरुमा सन्चारमाध्यममा आफ्नो पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।साथै उनले रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा दैनिक पत्रिका समेत प्रकाशन गर्न आवश्यक रहेको औंल्याए।

कार्यक्रमका विशिस्ट अतिथी नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीले गौतमबुद्ध सन्देश स्थापनाकाल देखि नै खोजमुलक समाचारलाई प्राथमिकता दिदै आएको बताउदै आगामी दिनमा स्वास्थ्य,शिक्षा तथा स्थानीय जनसरोकारका विषयलाई पत्रिकामा थप स्थान दिनुपर्ने कुरामा जोड दिए।

पत्रिकाका प्रकाशक एवं प्रधान सम्पादक माधब न्यौपानेको सन्चालन तथा शेयर सदस्य एवं नमुना एकीकृत विकास परिषदकि अध्यक्ष ज्ञानु पौडयालको स्वागत मन्तव्यमा सम्पन्न वार्सिक उत्सव कार्यक्रममा स्थानिय शान्ती समिती,रुपन्देहीका संयोजक आनन्दप्रसाद गुप्ता,नेपाली काङ्ग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने,उद्योग व्यापार संघठन,रुपन्देहीका कोषाध्यक्ष अनिल ज्ञवाली,नेपाल उद्योग व्यापार संगठनका केन्द्रीय सदस्य मनिष कुमार जोशी,लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगाना लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।

यसैबीच पत्रिकाले आफ्नो प्रथम वार्षिक उत्सवको अवसरमा पत्रिकामा कार्यरत विभिन्न जिल्लाका सम्वाददाता, बजार व्यवस्थापक, वितरक, कर्मचारी तथा बिज्ञापनदाताहरुलाई सम्मान समेत गरेको छ।