
गुल्मी, ११ फागुन । गुल्मीको दोहली गाबिसको रामराज्य उच्च मावि पारिश्रमिक युवा समुह क्यानाडाको आर्थिक सहयोगमा महिनावारीका लागी सुरक्षित सामग्री युक्त बिद्यालय घोषणा भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा श्रोत ब्यक्ति लाल बहादुर कुवँरले कार्यक्रको उद्घाटन गर्दै आगामी दिनमा निरन्तर स्यानेटरी प्याडको ब्यवस्था हुने बताउनुभयो ।
त्यसैगरी बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुले महिनावारी सँवेदनशिल बिषय भएकोले स्कुलमा यसको अनिवार्य प्रयोग र ब्यवस्थापन हुने कुरामा जोड दिनुभयो । बिद्यालयका प्रधानाध्यापक गुणाखर अर्यालले सबै पक्षले सहयोग गरे बिद्यालयमा कार्यक्रम निरन्तर चल्ने बताउनुभयो ।
कार्यक्रममा सम्पुर्ण पक्षको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन सेवा सञ्चार गुल्मीका अध्यक्ष गँगा खड्काले गर्नुभएको थियो ।












प्रतिक्रिया