३० आश्विन २०८३, शुक्रबार

ठोकर्पा मावि पुनर्निर्माण गर्न हेल्प नेपालको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

thokarpa_students.jpgलन्डन । गत वर्षको भूकम्पबाट क्षतिग्रस्त भएको सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा गाविसस्थित ठोकर्पा माविको पुनर्निर्माण गर्न हेल्पनेपाल नेटवर्कले सघाउने भएको छ।

हालै सो विद्यालयमै पुगेर हेल्पनेपाल नेटवर्कको युएस शाखाका अध्यक्ष अभय श्रेष्ठले विद्यालय व्यवस्थापन समितिसंग यस संबन्धी एक समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । उहाँले सो अवसरमा पहिलो किश्ता स्वरुप रु पन्ध्रलाखको चेक पनि विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।

सो विद्यालयको पुनर्निर्माणकालागि हेल्पनेपाल नेटवर्कले एक करोड रुपियाँ सहयोग गर्ने वाचा गरेको छ । त्यसमध्ये झण्डै साठी लाख रुपियाँ हेल्पनेपाल नेटवर्क युएस शाखाले र बाँकी रकम ‘लिभरपुल युनाइटस फर नेपाल’ नामक समूहले व्यहोर्ने जनाइएको छ ।

स्थानीय जनसमुदायबाट स्वेच्छिक श्रमदान समेत गरी परियोजनाको कूल लागतको झण्डै दश प्रतिशत प्राप्त हुने अपेक्षा गरिएको छ ।

“नेपालमा भूकम्प गए लगत्तै  हेल्पनेपाल नेटवर्कको युएसले प्रवासी नेपाली तथा नेपालका मित्रहरुबाट प्राप्त सहयोग परिचालन गरी भूकम्प पीडितहरुकालागि उद्धार तथा राहत पुराएको थियो ।

अहिले ठोकर्पा माविको पुनर्निर्माणमा सघाउन पाउँदा हामीलाई साह्रै खुसी लागको छ,” हेल्पनेपाल नेटवर्कको युएस शाखाका अध्यक्ष अभय श्रेष्ठले भन्नुभयो । उहाँले दोलखा र नुवाकोटका थप दुई वटा विद्यालयहरुको पुनर्निर्माणमा पनि आफ्नो शाखाले सघाउनेबारे छलफल भैरहेको जानकारी दिनुभयो ।

ठोकर्पा माविका प्रधानाध्यापक गोविन्द महतले यसरी विदेशमा बसेका नेपालीहरुले भूकम्प प्रभावित क्षेत्रमा शैक्षिक पुनर्निर्माणमा सघाएकोप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले भूकम्पका कारण पठनपाठन प्रभावित भएपनि विद्यालयको गुणस्तर अरु बढाउने तर्फ आफुहरुले हरसंभव प्रयास गर्नेपनि बताउनु भयो ।

सन् १९९९ मा स्थापित हेल्प नेपाल नेटवर्कले शिक्षा, स्वास्थ्य तथा आपत्कालिन मानवीय सहायतका क्षेत्रमा अहिलेसम्म एकसय भन्दा बढी परियोजनाहरु पुरा गरिसकेको छ ।

विदेशमा बस्ने नेपालीहरुले प्रत्येक महिना दिएको एक पाउण्ड वा एक डलरबाट पनि नेपालमा थुप्रै काम गर्न सकिन्छ भन्ने उदाहरण सो संस्थाले प्रस्तुत गरेको छ ।