१ कार्तिक २०८३, आइतबार

‘आईडीपी र आईसीइएफलाई नेपाल भित्र्याउन पहल गर्छु’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ecan ka ummedawarकाठमाडौं, ११ फागुन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को फागुन १५ गते हुने चुनावको प्रचार प्रचार तीब्र पारिएस“गै उम्मेदवारहरुले विद्यार्थी र अभिभावकहरुको हित हुने गरी विभिन्न एजेण्डा सार्वजनिक गरेका छन् । इक्यानमा दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।

अध्यक्षमा सरोजकुमार बस्नेत र प्रकाश पाण्डेबीच प्रतिस्पर्धा हुदैछ भने दुबैले प्यानल घोषणा गरिसकेका छन् । उपाध्यक्षको लागि एजुकेशन पार्कका सञ्चालक निरज सिटौला (भुपेन्द्र) भने बस्नेतको प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका छन् । दक्ष परामर्शदाताको परिचय बनाइसकेका सिटौला बर्तमान केन्द्रिय सदस्य हुन् । अस्ट्रेलियाका नाम चलेका १० भन्दा बढी विश्वविद्यालयको ‘एजेन्टशिप’ लिएको सिटौलाद्धारा सञ्चालित एजुकेशन पार्कको कार्यालय भारतको नया“ दिल्ली र अष्ट्रेलियाको सिड्नीमा समेत छ ।

आईएसओ ९००१–२००८ प्रमाणित कम्पनी एजुकेसन पार्क तयारी कक्षाका लागि पनि अग्रस्थानमै छ । २०१६ देखी यो कम्पनीले इटीएस टोफेलको परिक्षा केन्द्रको समेत मान्यता पाएको छ । सिटौला आफै पनि ‘प्रोफेसनल कन्सल्ट्यान्ट’ हुन ।

यिनले एउटा एजुकेसन कन्सल्टान्टलाई चहिने अधिकांस अन्तर्राष्ट्रिय तालिमहरु लिइसकेका छन । संगठनलाई नया परिवेश अनुसार अगाडि लैजाने सोचाइका साथ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका सिटौला आइडीपी भन्ने संस्थालाई नेपालमा भित्र्याउने एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएका छन् ।

‘यसको सफल कार्यान्वयन नै मेरो प्रमुख एजेन्डा हुनेछ । आईसीइएफ वर्कसप नेपालमा सञ्चालन गर्ने र परामर्श क्षेत्रलाई अझ व्यवस्थित बनाउ“दै राज्यको मुल संयन्त्रसग जोड्न पहल गर्नेछु ।’– सिटौला बताउ“छन् ।

विद्यार्थी, अभिभावक तथा व्यवसायीको सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको आइइएलटिएसको परिक्षा दिनका लागि ‘डेट’ दिलाउन सहज बनाउने कुरालाई सिटौलाले एजेन्डाका रुपमा अगाडि सारेका छन् । जुन समस्यालाई आइडीपीले समाधान गर्ने उनको विश्वास छ । वर्तमान केन्द्रीय समितिमा रहेका सिटौलाले नै अगाडि सारेको यो मुद्दा सफल भएमा विद्यार्थी तथा अभिभावकहरुको समस्या समाधान हुने कन्सलटेन्सी व्यवसायीहरु नै बताउ“छन् ।

विश्वभरमा विभिन्न खालका कार्यक्रमहरु गर्दैै आएको आइसिइएफ भन्ने संस्थाले एजेन्ट, युनीभर्सिटी तथा कलेजहरुलाई एउटै छातामुनी ल्याएर व्यवसायमा सहकार्य गर्न सहज पुगाउदै आएको छ । आइसिइएफले नेपाल ठूलो बजार हो भनेर नेपाललाई पनि प्रतिनिधित्व गरिसकेको छ । आइसिईएफका विश्वका विभिन्न देशहरुमा वर्कसपहरु सञ्चालन भइरहेका छन् । सिटौला आफूले चुनाव जितेको खण्डमा त्यस्ता वर्कसप नेपालमा सञ्चालन गर्नका लागि पहल गर्ने समेत बताउछन् ।