भारत, गुजरात, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजकीय भ्रमणको पाँचाँं दिन आज गुजरात प्रान्तको भुजस्थित भीमासागर क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण र नयाँ बस्ती विकास क्षेत्रको अवलोकन गर्नुभएको छ ।
दुई वर्षअघि र सन् २००१ मा सो क्षेत्रमा गएका भूकम्पबाट भएको क्षति र पुनःनिर्माणको जानकारी लिन प्रधानमन्त्री त्यहाँ पुग्नुभएको हो । प्रधानमन्त्री ओलीसमक्ष गुजरातका गभर्नर ओपी कोहलीलगायतले पुनःनिर्माण कार्यक्रमबारे अवगत गराउनुभएको थियो ।
नेपालमा पनि गत वैशाख १२ मा भूकम्प गएपछि पुनःनिर्माणको क्रम चलिरहेका बेला सरकारका विभिन्न मन्त्री, सांसद्, मुख्य सचिव, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसहितको टोली सो क्षेत्रमा पुगेको हो । प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले भुजको पुनःनिर्माण तुलनात्मकरुपमा चाँडो भएको पाइएबाट नेपालले पनि पाठ सिक्न सक्ने बताउनुभयो ।
सन् २००१ मा भुजको कुच जिल्लामा ७ दशमलव ९ म्याग्निच्युडको भूकम्पबाट १८ हजार छ सय मानिसको मृत्यु भएको थियो ।












प्रतिक्रिया