
काठमाडौँ, ११ फागुन । उपप्रधानमन्त्री चन्द्रप्रकाश मैनालीले नेपालको संविधानलाई आफू अनुकूल बनाउने विदेशी रणनीति पहिलो पटक असफल भएको बताउनुभएको छ ।
आदर्श नागरिक समाज नेपालको प्रथम वार्षिकोत्सवको यहाँ आज उद्घाटन गर्दै उहाँले संविधान निर्माणको समयमा जस्तै नेपालले एकीकरणकालदेखि नै विभिन्न खड्गो काट्दै आफ्नो अस्तित्व जोगाएको स्मरण गराउनुभयो । बिपी कोइरालाले प्रतिपादन गरेको विसं २०३३ को राष्ट्रिय मेलमिलाप नीतिले राष्ट्रको एउटा ठूलो खड्गो काटेको बताउँदै उहाँले भन्नुभयो, “देशको एकीकरणकै समयमा नेपालमाथि बाह्य शक्तिबाट ११ पटक हमला भए, सुगौली सन्धिपछि एक तिहाइ भू–भाग गुमाएर भए पनि देशले अस्तित्व जोगाउनुप¥यो ।”
महिला, बालबालिका तथा समाजकल्याणमन्त्री मैनालीले भन्नुभयो, “विभिन्न माध्यमबाट प्रस्तुत भएका बाह्य हस्तक्षेपका पहिलो संविधानसभाबाट संविधान बनाउन सकिएन, दोस्रो पटक आफैँ सफल हुँदा पनि नाकाबन्दी गरियो, त्यसैले अझै खड्गो सकिएका रहेनछन् भन्ने बुझ्नुपर्छ ।”
संविधानविद् नीलाम्बर आचार्यले संविधान बनाउने पटक पटक भएका आफ्नै अनुभवले यो पटक राम्रो संविधान बनेकाले त्यो विदेशीलाई असह्य भएको बताउनुभयो । समाजका अध्यक्ष सागरकुमार पाठकले अबोध बालबालिकालाई कैदीजीवनबाट मुक्त दिलाएर आदर्श नागरिक बनाएकाले पुष्षा बस्नेत सम्मानलायक भएको बताउनुभयो । कार्यक्रममा सन् २०१२ मा ‘सिएनएन हिरो’ बन्न सफल बस्नेतलाई सम्मान गरिएको थियो । रासस












प्रतिक्रिया