२४ कार्तिक २०८३, मंगलबार

सुष्माले ओलीलाई भाई बनाउनुमा भारतको यस्तो स्वार्थ !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Sushma-Namaste-1

काठमाडौं, ११ फागुन । सोमबार जन्मदिनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिदी उपहार पाए ।

भारत भ्रमणका क्रममा रहेका ओलीलाई दिल्लीमा भारतीय विदेशमन्त्रीले भाईको साइनो लगाइन् ।

उनले विश्व सम्बन्ध परिषदले आयोजना गरेको कार्यक्रममा भनिन्, ‘प्रधानमन्त्री ओलीजी भारतमा राजकीय भ्रमणमा हुनुहुन्छ । आज यस्तो संयोग परेको छ कि उहाँको आज जन्मदिन हो । मैले ओलीजीको बायोडाटा हेरेँ । उहाँ सन् १९५२ मा जन्मिनुभएको रहेछ, म पनि त्यही मितिमा जन्मेको हुँ । तर, म फेब्रअरी १४ मा जन्मे, उहाँ फेब्रअरी २२ मा जन्मिनुभयो । ओलीजी भन्दा म आठ दिनले जेठो रहेछु । म एक दिदीको नाताले ओलीजीलाई स्वागत गर्न चाहन्छु ।’

सुष्मा र ओलीबीच दिदी भाइको सम्बन्धबारे भारतीय मिडियाले पनि लेखेका छन् । उनीहरुले दिदी भाईको सम्बन्धबाट भारतले चाँहेको स्वार्थमाथि टिप्पणी गरेका छन् ।

भारतीय मिडियाले ओलीको भ्रमणपछि मधेश आन्दोलनका कारण भारत र नेपालबीच उत्पन्न समस्या समाधानको पहल भएको लेखेका छन् ।

यसलाई सुष्मा र ओलीको दिदी भाई सम्बन्धले अन्त्य गर्ने दाबी गरेका छन् । उनीहरुले नाकाबन्दीमा विग्रिएको सम्बन्ध सुर्धान सुष्माले ओलीसँग भाइको साइनो गासेको बताएका छन् ।

सुष्मा स्वराजले प्रधानमन्त्री ओलीलाई ‘भाइ’ र नेपालको अगाडी भारतलाई ‘बिग ब्रदर’ नभएर ‘बडे भाइ’ को सज्ञा दिएको भारतीय मिडियाले भनेका छन् ।

Oli-Sushma-Namaste-3