
काठमाडौं, ११ फागुन । भारतमा भ्रमण रहेका प्रधानमन्त्री केपी शर्मा ओली गुजरात पुगेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर भनेर चिनिने गुजरातमा रहेका प्रधानमन्त्री ओलीले आजै मुम्बई जाने कार्यक्रम समेत छ ।
विनाशकारी भूकम्पपछि गुजरातमा पुनर्निर्माण भएको नमुना सहर भुजको अवलोकन गर्न ओली त्यहाँ पुगेका हुन् । नेपालमा भूकम्पछि पुनर्निर्माणको काम सुरु भइसकेको अवस्थामा त्यहाँको मोडलले काम गर्न सहज हुने तथा नयाँ तरिका जानिने भएकाले अवलोकन गर्न ओली त्यहाँ पुगेका हुन् ।
भूकम्पले क्षतिग्रस्त भएको भुजमा गरिएको पुनर्निर्माण अवलोकनका क्रममा गुजरातका मुख्यमन्त्री, गभर्नर, मन्त्रीहरुसँग पनि प्रधानमन्त्री ओलीको भेट हुनेछ ।
त्यसपछि ओली भारतको औद्योगिक नगरी मुम्बईमा त्यहाँका ब्यापारी र नेपाली सम्पर्क मन्चहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णू रिमालले जानकारी दिए ।
उनका अनुसार ओलीले बलिउड अभिनेता र अभिनेत्रीहरुसँग भेटवार्ता तथा फोटोसेसन गर्ने कार्यक्रम तय भएको छ ।












प्रतिक्रिया