३० आश्विन २०८३, शुक्रबार

गुट बन्दीलाई म समाप्त पार्छु : सुजाता कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sujata Koirala– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित ईनेपलिज डटकमसंग कुराकानी गर्दै कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टी नेता तथा कार्यकर्ताका लागि आफूले सभापतिको उम्मेदवारी घोषणा गरेको बताएकी छिन् ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकिदै गएको छ । आसन्न महाधिबेशनलाई लक्षित गरी कांग्रेसका शीर्षनेताहरु यतिवेला जिल्ला दौडाहादेखि जिल्लाबाट निर्वाचित प्रतिनिधिहरुसंगको भेटघाटमा ब्यस्त हुन थालेका छन् । तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनपछि कसले पार्टीको नेतृत्व गर्ने भन्ने बीच संस्थापन पक्षमा जुहारी चल्दै गर्दा पार्टी बिदेश बिभाग प्रमुख समेत रहेकी नेतृ सुजाता कोइरालाले आफू १३ औं महाधिबेशनमा पार्टी सभापतिमा लड्ने बताई सकेकी छन् । उनले सुशील कोइरालाको निधन अघि नै सभापतिको उम्मेदवारी घोषणा गर्दै आफ्नो गृह जिल्ला विराटनगरबाट औपचारीक गरि सकेकी छिन् ।

सबैभन्दा पहिला हामीले उनलाई तपाई सभापतिमा उठ्ने घोषणा गर्नुभयो, मुल मुद्धा के के उठाउँनु भएको छ भनि प्रश्न गर्दा उनले भनिन, ‘हो मैले १३ औं महाधिबेशनमा सभापतिको पदमा उठ्ने घोषणा गरेको छु । नेपाली काँग्रेस नेपाली जनताको आस्था र विश्वासमा अडेको पार्टी हो । पार्टीमा सक्रिय भई काम गर्ने क्रममा मैले गाँउका दुरदराज सम्मका नागरिकहरुको मनोभावना बुझिसकेको छु । मेरो पक्षमा जनमत बनिसकेको मैले पाएको छु भनिन ।’

उनले अझ थप्दै भनिन, ‘अहिलेको देशको यस्तो विषम परिस्थितिमा कांग्रेसलाई ससक्त, जीवन्त र हिमाल पहाड र तराईमा बसोबास गर्ने सबै जातजातीहरुको प्रत्यक्ष मनोभावनासँग जोड्न सक्ने हैसियत म राख्दछु, र म स्वयं सबैसँग प्रत्यक्ष जोडिएको पनि छु । साथै महिला भएकै कारण नेपाली कांग्रेस नेतृत्वमा म ५१​ प्रतिशत ​ नेपाली महिलाको प्रतिनिधि पनि हुँ । तर महिला भएँ भन्दैमा कोटा चाहिन्छ भन्ने होईन । म क्षमता र योग्यता भएको व्यक्ति हो । मलाई लाग्छ पार्टी कसैको व्यक्तिगत सम्पत्ति होईन र अब पार्टी बहुपदीय प्रणालीमा जानु पर्दछ । संगठन विस्तार निर्माणको लागि एक ढिक्का भई सहमतिमा जानु नै पार्टिको हितमा छ । त्यसैले म सहमतिको राजनितिलाई नै अगाडि बढाउने प्रयासमा छु भनिन ।’

उनले थपिन, सभापतिमा निर्वाचित भए लगत्तै मेरो पहिलो प्राथमिकता पार्टीको बास्तविक एकिकरण र शुद्धिकरण हुनेछ । गुट बन्दी लाई म समाप्त पार्दछु । लोकतन्त्रमा आफ्नै नेत्रित्वको विरोध गर्न पाउनु नैसर्गिक अधिकार पनि हो । र नेतृत्वले पनि लोकतान्त्रिक रुपमै सबैको बुझाईलाई समेट्दै हिँड्नुपर्ने हुन्छ । दलका कार्यकर्ताहरु माझ कामको सहि बाँडफाँड गरि कार्यक्रमहरु ग्रामिण स्तर सम्म पुर्याउनका लागि म सम्पूर्ण रुपले सक्रिय हुनेछु । सबैलाई काम पुग्दा अनावश्यक कुरा गर्दै हिँड्ने समयनै हुँदैन नि भन्दै आफ्ना विचार यसरि राखिन ।

उनले आफ्ना मुल मुद्धाहरुमा प्रष्ट पार्दै भनिन्, लामो समय देखि स्थानीय निकायको निर्वाचन हुन सकिरहेको छैन् । स्थानीय निकायको निर्वाचन हुन नसक्दा बिकास निमार्णको कार्य शुन्य भएको छ । जसले गर्दा तत्काल स्थानीय निकायको निर्वाचन गराउनु पनि मेरो दायित्व रहने छ । म युवाहरुको अभिभावकत्व ग्रहण गर्न सक्षम र तत्पर छु । उनीहरुको अभिभावकको हैसियतले युवाहरुलाई बिकास निमार्णमा लगाउनु रोजगारी, पेशा ब्यबसायमा लगाउनु पनि मेरो मुख्य उदेश्य हुनेछ भनिन ।