२४ कार्तिक २०८३, मंगलबार

संखुवासभामा भूकम्पको नयाँ केन्द्रविन्दु, सर्वसाधारण घर बाहिर निस्किए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sankhuwasava-ma-Bhukampaकाठमाडौं, ११ फागुन । वैशाख १२ गतेको ठूलो भूकम्पले बाक्लै पराकम्पनहरू आइ सर्वसाधारण त्रसित भइरहेका बेला भूकम्पले फेरि संखुवासभा जिल्ला केन्द्रविन्दु बनाएको छ ।

आज बिहान ३ बजे संखुवासभाको माङतेवा र शीतलपाटीको बीचमा पर्ने अरुण नदीलाई केन्द्रविन्दु बनाइ भूकम्प गएको हो ।

भूकम्प ४ दशमलव ५ म्याग्नेच्युड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका बेला घरहरू हल्लिएका थिए । घर हल्लिएपछि संखुवासभाका स्थानीय घरबाहिर निस्किएको स्थानीय प्रहरीले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महशुस गरिएको थियो ।