२४ कार्तिक २०८३, मंगलबार

‘विहारी’ले ओलीलाई दिल्लीमा पनि छाडेनन् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dutabas-gherau-2

काठमाडौं, १० फागुन । नेपालमा छदा मधेस आन्दोलनमा सहयोग गरेर दुःख दिएका भारतको विहार राज्यका नेताहरुले भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा पनि छाडेका छैनन् ।

भारतका पूर्व गृहमन्त्री समेत रहेका विहारका नेता रघुवंश प्रसाद सिंहले प्रधानमन्त्री ओली दिल्लीमा रहेका बेला नेपाली दूतावास घेराउ गरेका छन् । ओली काठमाडौंमा हुँदा भारतीय नेता सिंहले मधेस आन्दोलनमा १० लाख विहारी पठाउने र सिंहदरबार घेर्नेसम्मका चेतावनी दिँदै आएका थिए ।

उनको नेतृत्वको एक टोलीले नेपालमा आन्दोलनरत मधेसीहरुको माग पूरा गर्न माग गर्दै दिल्लीस्थिति नेपाली दूतावास घेराउ गरेका हुन् ।

dutabas-gherau-1

भारत–नेपाल मैत्री संघ नामक संस्थाको अगुवाईमा भारतीय मन्त्री सिंहसहितका एक समूहले वरह्खब्बामा रहेको दूतावास घेराउ गरेका हुन् ।

उनीहरुले मंगलबार(भोली) भारतीय लोकसभा तथा सरकारलाई दबाव दिन दिल्लीस्थित जन्तरमन्त्रमा विरोध कार्यक्रम समेत को आयोजना गरेको बताइएको छ ।