२४ कार्तिक २०८३, मंगलबार

एमाओवादीका उपाध्यक्षसहित थुप्रै कार्यकर्ता बाबुरामको नयाँ शक्तिमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattrai

बनेपा, १० फागुन । एकीकृत नेकपा (माओवादी) काभ्रेपलाञ्चोकका जिल्ला उपाध्यक्ष अक्कलबहादुर थिङसहित थुप्रै माओवादी कार्यकर्ताले एमाओवादी परित्यागको घोषणा गरेका छन् ।

उनीहरुले बनेपामा पत्रकार भेटघाटको आयोजना गरी डा बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति अभियानमा लागेको बताएका छन् ।

एमाओवादी परित्याग गर्नेमा पार्टीको सेल कमिटीदेखि जिल्ला तहका नेता तथा कार्यकर्ता रहेका छन् । “सबैखाले आन्दोलनको एउटा अध्यायको चरण पूरा भएको छ, आर्थिक समृद्धि र विकास अहिलेको आवश्यकता भएकाले नयाँ शक्ति अभियानमा लागेका हौँ”, पूर्वसभासद्समेत रहनुभएका नेता थिङले भन्नुभयो ।

काभ्रेपलाञ्चोकमा गत पुस २० गते नयाँ शक्ति अभियान जिल्ला तदर्थ समिति गठन भएको थियो । रासस