३० आश्विन २०८३, शुक्रबार

अमेरिकाभर स्व. कोइरालाको सम्झनामा श्रद्धाञ्जलि सभा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

LA5

अमेरिका । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको १३ औं पुण्यतिथिका दिन न्युयोर्क, टेक्सस, सानफ्रान्सिस्को, लस एन्जल्स लगायत जन सम्पर्क समिति अमेरिकाका च्याप्टरहरुले श्रद्धान्जली सभाको आयोजना गरेका छन ।

केन्द्रको अनुरोधमा च्याप्टरहरुले पहिले नै आफ्नो मातृ पार्टीका सभापति एवं संविधानका पिताको उपमा पाएका नेता कोइरालाको निधनको लगत्तै शोक पुस्तिका राखेर श्रद्धान्जली व्यक्त गर्ने काम पनि जारी राखेका थिए ।

आज साउदर्न क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको श्रदान्जली सभामा उपस्थित सबैले नेपालमा जनताद्वारा निर्मित संविधान जारी गर्ने श्रेय पाएका स्व। कोइरालाको फोटोमा माल्यार्पण गर्दै श्राद्न्जली व्यक्त गरेका थिए ।

आजको सभामा जन सम्पर्क समिति अमेरिकाका सल्लाहाकारहरु मुकुन्द ढुंगाना र टिका चौधरी, १३ औं महाधिवेशन प्रातिनिधि हेमराज भट्ट, च्याप्टर सभापति मदन पाठक, च्याप्टरका सदस्यहरू लगायत यस क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ(संस्थाका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

साउदर्न क्यालिफोर्निया च्याप्टरका सभापति मदन पाठकको सभापतित्वमा भएको श्रदान्जली सभाको सञ्चालन गङ्गा बस्नेतले गरेका थिए ।

CT1 LA4