– विजय थापा
वाशिंगटन डिसी । नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया शाखाको आयोजनामा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको तेर्हौँ दिनको पून्य तिथिमा डिसी महानगर क्षेत्रको भर्जिनियाको फेयर फ्याक्समा श्रद्धान्जली कार्यक्रम सम्पन्न गरिएको छ ।
श्रद्धा सुमन व्यक्त गर्दै २ मिनेट मौन धारण गरिएको थियो । स्व कोइरालाको तस्बिरमा डिसी महानगर क्षेत्रका नेपाली समुदायका प्रतिनिधिले पुष्पगुच्छाले श्रद्धान्जलि अर्पण गरेका थिए ।
स्व कोइरालाको जीवनी बारेमा शाखाका सभापति रामशरण हुमागाईले प्रकाश पार्दै वहाले ८ वर्षसम्म अड्केको संबिधानलाई दिएरै हामीलाई छोडेर जानु भयो । सभापति हुमागाईले अगाडि भने, ‘त्यो कहिले हामीले बिर्सने छैनौ भन्दै स्व कोइरालालाई संबिधान पिता हो ।’
नेपाली जन सम्पर्क समिति अमेरिकाका केन्द्रीय उपसभापति केशब बरालले युवा नेताहरुलाई स्व सुशील कोइराला जस्तो सादगी र त्यागी बन्न सक्नु पर्छ भनि संदेश दिए । श्रद्धा सुमन दिदै अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्ष डा ठाकुर पुडासैनीले नाम पनि सुशील र स्वभाव पनि सुशील नै भएको आफूले पाएको बताए । एनआरएन भर्जिनिया शाखाका अध्यक्ष मुक्ति दवाडीले स्व कोइराला त्याग, तपस्या र निष्ठावान नेता हुनु हुन्थ्यो भन्दै अब त्यस्तो नेता पाउन बिरलै हुने बताए ।
अमेरिका नेपाल सहयोगी समाजका पूर्व अध्यक्ष सागर कंडेलले अब स्व कोइरालालाई साच्चै श्रद्धान्जलि गर्ने हो भने अब नेपालमा एक कुसल नेतृत्व दिनु पर्छ । त्यो गर्न सकियो भने मात्र वहालाइ गरिने श्रद्धान्जलि सार्थक हुने भन्दै पत्रकार मार्फत यो संदेश पुगोस भनि आग्रह गरेका थिए ।
श्रद्धा सुमन गर्ने क्रममा डिसी महानगर क्षेत्रका नेपाली समुदायका नेपालीहरुले श्रद्धान्जलि अर्पण गर्दै स्व कोइराला लाई संबिधानका पिता ,संबिधानका प्रणेता ,सादगी जीवनका धनि ,निष्ठावान ,त्यागी ,कर्मठ ,ईमान्दार आदि ईत्यादी भन्दै गुनगान गाएका थिए ।
यसै गरी कांग्रेसीहरु अरुका कुरा सुन्दैनन् तर सुशील कोइराला सुन्नु हुन्थ्यो भनि डा रमेश पन्तले स्मरण गराए िडिसी नेपालका संचालक डा रामहरि सुबेदीले श्रद्धा सुमन व्यक्त गर्दै स्व सुशील कोइरालाले अन्तिम अवस्थामा दर्दनाक रहेको बताए । डा सुबेदीले स्व कोइराला प्रधान मन्त्रि हुदा कांग्रेसका आसे पासेले खुब फाईदा लिएको चर्चा गर्दै कांग्रेसमा हाल गुन्डा र फटाहाको प्रवेस भएकोमा दुख ब्यक्त गरे ।
नेपालमा प्रजातन्त्र स्थापना र नागरिक हक प्राप्तिका लागि भएका आन्दोलनहरुमा सदैब अग्रपंक्तिमा रही नेतृत्वदायी भूमिका निर्बाह गर्नु भएका स्वर्गिय कोइरालामा श्रद्धान्जली अर्पण गर्न कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए ।
नेपाली जन सम्पर्क समितिका भर्जिनिया शाखाका सदस्य केदार तिमिल्सिनाले धन्यवाद ज्ञापन गरेका थिए भने एम कुमार सिटौलाले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा शाखाका उपसभापति टंक दाहालले स्वागत मन्तब्य राखेका थिए भने राम शरण हुमागाईको सभापत्तित्वमा सम्पन्न उक्त कार्यक्रम उनैले सभाको बिसर्जन पनि गरेका थिए ।















प्रतिक्रिया