३० आश्विन २०८३, शुक्रबार

नारी पुरुष बराबरी, सुन्दर समाजको फूलबारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

- बिष्णु गुरुङ
– बिष्णु गुरुङ

अमेरिका । मिठो खानु राम्रो लगाउनु एउटा सुखमय जीवन बुझाईको कल्पना धेरैले गरे झैँ मैले पनि गरेकी थिए । सपना कल्पना एउटा सोचमा भर पर्छ। सोच बन्न बिशेष गरी वातावरणले फरक पर्ने कुरा रहेछ । जब सोच बन्छ ब्यबाहारमा देखापर्छ त्यस ब्यबहारले नै व्यक्तित्वको निर्माण गर्दो रहेछ । छोरी भनेकै अर्काको भाग्य खाने जात भनेर मान्दै आएको अन्धविश्वास संसारिक परम्परागत रितिको छाप मेरो मन मस्तिष्कमा पनि लागेको थियो ।

विवाहपछि घरपरिवार साथै श्रीमानलाई खुशी बनाएर मैले कल्पना गरेको सुखमय जीवन बनाउने बाटोले मलाई संघर्षको बाटो देखायो । त्यहि संघर्षको बाटोमा मैले यो बुझेकी अरुलाई दिनको लागि पहिले आफूसँग केहि हुनु पर्दो रहेछ । र, त्यो पाउनको लागि केही त्याग्न सक्नु पर्दो रहेछ । जब मैले एउटा व्यक्तिलाई खुशी बनाउने गाह्रो तरिकालाई ल्याए मैले स्वतन्त्र पाए जसले मलाई खुशी दियो ।

यो कुरा अनुभवले बुझ्ने कुरा रहेछ सायद कसैलाई अर्थहिन हुनसक्छ । मैले अमेरिकामा आएर वास्तविक जीवन पाएको अनुभव गर्छु । जीवन अरुमा होईन आफूमा जिउनु पर्छ आफूसँग भएको अदभुद कला क्षमता, रचनाको सृष्टिलाई यस धर्तीमा बाड्ने माध्यम सिर्फ आफै मात्र रहेछ भन्ने कुरा बुझे ।

यसको लागि मान्दै आएका अन्धविश्वासको अन्धकारलाई चेतनाको ज्योतिले मात्र दिलाउन सक्दो रहेछ ।

नेपालमा हुदा ब्यबसाय परिवार ईस्टमित्र सबैको ख्याल नारी भएकै कारणले बढी दिनु पर्दा त्यसैमा सीमित रहे । जब अमेरिकामा आईपुगे घरपरिवार ईस्टमित्रको घेराबाट अलि टाढा हुँदा बाहिरि दुनियाँ चियाउने मौका पाए ।

अमेरिकन सोच र यहाँको महिलाको व्यक्तित्व प्रत्यक्ष देखे त्यसलाई आफ्नो जीवनमा भोग्ने रहर जाग्यो । जसको लागि पहिलो कदम स्वतन्त्रता रहेछ जो बिना मानिसले आफूलाई कहिल्यै चिन्न सक्दो रहेनछ ।

त्यसैले होला स्वतन्त्रता मानिसको पहिलो अधिकार बनेको । नेपालको कानून, संस्कार वा परम्परामा पुरुषको स्थान नारीको भन्दा उच्च छ । यस विभेद सोच नारी बिकासमा ठूलो अबरोध भएर बसेको छ । यस अवरोधलाई नारीसहित सम्पूर्ण जनमानसको जनचेतनाबाट हटाएर हामी नेपाली नारीहरु पनि स्वतन्त्र जीवन जिउन पाउनु पर्छ ।

आफूले पाएको राम्रो कुरा जस्मा आफ्नो माया र विश्वास हुन्छ त्यो कुरा अरुलाई बाड्नु नै आफ्नो सपना पुरा गर्ने एक माध्यम रहेछ । हिन्दु धर्ममा नारीलाई देवी भगवतीको रुपमा मान्नु नै नारीको सम्मान हो भन्ने बुझाई छ । जसले नारीहरु आफूले पाएको सम्मानको बदला मुख बन्द गरेर मुर्ति समान सम्मानित हुन्छन ।

नारीहरु पनि चेतनशील मानव भएकोले उनीहरुलाई देविको रुपमा सम्मान र दया होईन प्रोत्साहन र मौका दिनु आजको आवश्यकता हो। जब सम्म नारीहरु स्वतन्त्र रुपमा दिल खुलेर बोल्न र आफ्नो क्षमताको प्रदर्शन गर्न सक्दैन तब सम्म चेतनाको ज्योति अन्धकार सम्म पुग्दैन ।

बिकसित समाज र आधुनिक सोचको बिकास नारीको विकासबाट मात्र सम्भव छ । त्यसैले नारी सशक्तिकरणलाई जोड दिउ जब हुनेछ ।