२४ कार्तिक २०८३, मंगलबार

अनेरास्ववियुको अध्यक्षमा नविना लामा भारी मतले विजयी, नेतृत्वमा प्यानलै आयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nabina-Lamaकाठमाडौं, ९ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा नविना लामा भारी मतले विजयी भएकी छिन् ।

आइतबार राति सम्पन्न मतगणनाअनुसार २२ औं राष्ट्रिय महाधिवेशनबाट बहुमत ल्याउँदै लामा अध्यक्षमा निर्वाचित भएकी हुन् । यसैगरी नेतृत्वमा लामाको प्यानलै निर्वाचित भएको छ ।

कुल मत १५९७ मतको खसेको १५१९ मतमध्ये प्रतिद्धन्द्धी दिपक गौतमलाई २१६ मतअन्तरले हराउदैं निर्वतमान महासचिव लामा अध्यक्षमा निर्वाचित भएकी हुन् । लामाले ८ सय ६५ मत ल्याएकी छिन् भने गौतमले मत ६ सय ४९ पाए ।

पछिल्लो ताजा परिणाम अनुसार नयाँ कार्यसमितिको उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, शैलेश लामा र सुनिता बराल, महासचिवमा ऐन महर, सचिवमा आरसि लामिछाने, समिक बडाल, मकर खडका र सुदेश पराजुली, कोषाध्यक्षमा झपिन्द्र खत्री, निर्वाचन विभागमा तुलसी मैनाली, अनुशासन विभागमा निशा अधिकारी र लेखा विभागमा धर्मेन्द्र रोकाय निर्वाचित भएका छन् । निर्वाचित यी सबै पदाधिकारी संस्थापन पक्षका उम्मेदवार हुन् ।

अन्यको विवरण आउने क्रम जारी छ । मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ । केहीबेरमा पुरा विवरण प्रस्तुत गरिनेछ ।

नयाँ नेतृत्व चुनिएसँगै एमाले सचिव प्रदीप ज्ञवालीले बधाई तथा शुभकामना दिएका छन् । अगाडि भनेका छन- अध्यक्ष नवीना लामा, महासचिव ऐन महर लगायत अनेरास्ववियुको नवनिर्वाचित नेतृत्वलाई हार्दिक बधाइ र सफल कार्यकालको शुभकामना !’