
– राजकुमार ओली
झापा, ९ फागुन । पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल र भारतको सम्बन्ध सामान्य अवस्थामा फर्किसकेको दावी गर्नु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेसँगै दुई देशबीच देखिएको असहज अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो । आज झापाको बाहुण्डाँगी ४ बौद्धमोडबाट तेलपानी हुँदै शान्तिनगर इलाम हुँदै मोरङ जोड्ने निन्दा खोलाको पुलको उद्घाटन गर्दै एमाले बरिष्ठ नेता समेत रहनुभएका खनालले नेपाली जनताले संङक्रमणकालको अवस्थालाई पार गरिसकेको बताउनुभयो ।
नेता खनालले बिकास निर्माणका कामलाई अब आँट र हिम्मतका साथ अघि बढाउनुपर्ने धारणा राख्नुभयो । अब नेपालीले नाकाबन्दीबाट तितो पाठ सिक्नुपर्ने र आत्मनिर्भर बन्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो– ‘अब हामी आत्मनिर्भर बन्नुपर्छ । भारतको भर पर्नुुहुँदैन् ।’












प्रतिक्रिया