काठमाडौं, ९ फागुन । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
पार्टी कार्यालय धुम्बाराहीमा जारी मतगणनामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकटको नविना लामाको प्यानलले अग्रता लिएको छ । लामाले नेता माधवकुमार नेपाल निकट मानिने अर्का प्रत्यासी दीपक गौतमभन्दा धेरै मत बढी पाएकी छन् ।
अहिलेसम्म अध्यक्षकी प्रत्यासी लामाले ६ सय ७४ मत ल्याएकी छन् भने अर्का प्रत्यासी गौतमले ४ सय ९० मत प्राप्त गरेका छन् ।
राप्ती, भेरी र कर्णालीमा कसले कति मत पाए ? विवरण हेर्नुहोस् ।













प्रतिक्रिया