
डब्लिन । डब्लिनमा गयराती सम्पन्न नेपाल आयरल्याण्ड सोसाइटीको साधारणसभाले दीपेशमान शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सोसाइटीको बरिष्ठ उपसभापतिमा जेन फेनलोन र उपसभापतिमा जिवन तिम्सिना चयन भएका छन् ।
साधारणसभाबाट गंगाराम कँडेल महासचिव तथा एलिसन इरविन सहसचिव, प्रकाश माली प्रमुख कोषाध्यक्ष र बालकृष्ण श्रेष्ठ सहकोषाध्यक्षमा चयन भए । साधारणसभाले डाक्टर गेरार्ड म्याक ग्रानागन र विनिता शर्मालाइ सांस्कृतिक संयोजनको जिम्मेवारी दिएको छ । उनिहरुको मुख्य दायीत्व कला र संस्कृतिको संयोजन मार्फत दुवै देशका समुदायलाइ एक ठाउँमा ल्याउन पहल गर्ने तोकिएको छ ।
संस्थाको कार्यसमितिमा डेकलान एलकक, जोन किरनास, निलान प्रजापति, इमा लिन्च, माइक विन्टरवर्न, रामनारायण पौडेल, प्याट ओपालिभी, डाक्टर प्याट्रिक ओसुलिभान, सियान ओब्रोलचेन, क्रिस एभिसन, महेन्द्रजंग राणा र चेतराज ओलीलाइ सर्वसम्मत चयन भएका छन् । साधारणसभामा सोसाइटिको सभापतिमा पुन निर्वाचित भएका शाक्यले संस्थाको अघिल्लो कार्यसमितिबाट भएका कार्यहरु र संस्थाका अन्य गतिविधीबारे जानकारी गराएका थिए ।
आयरल्याण्डमा नेपालको आवाशीय दुतावास नरहेका कारण नेपाल आयरल्याण्ड सोसाइटिले लण्डनमा रहेको नेपाली दुतावाससँगको समन्वयमा आयरल्याण्डमा नेपाल मामला हेर्दै आएको छ । आइरल्याण्डमा नेपालको प्रतिनिधीत्व जनाउनुका साथै सोसाइटिले गत बैसाखमा नेपालमा आएको विनाशकारी भूकम्प पछि पीडितहरुलाइ सहयोगका लागि महत्वपूर्ण पहल गर्दै आएको छ । आयरल्याण्डका बिभिन्न गैर सरकारी संस्थासँगको सहकार्य र नेपाल आयरल्याण्ड सोसाइटिको आफ्नै पहलमा गरि बिभिन्न ३५ वटा परियोवजनाहरु भूकम्प पछि नेपालमा सञ्चालित छन् ।
नव निर्वाचित कार्यसमितिले नेपाल र आयरल्याण्ड बीच कुटनितिक सम्वन्ध स्थापनाको १७ बर्ष पुरा भएको अवसरमा आगामी सेम्टेम्बर ४ तारेखमा नेपाल आयरल्याण्ड दिवश मनाउने निर्णय गरेको छ । कार्यसमितिले आगामी बैसाख १२ गते डब्लिन स्थित ट्रिनिटि कलेजमा एक्सन एड आयरल्याड र इन्जिनियर्स विदाउट बोर्डरर्सको सहकार्यमा नेपाल सम्मेलन आयोजना गर्ने निर्णय समेत गरेको छ ।
गतबर्ष बैसाख १२ मा नेपालमा गएको विनाशकारी भूकम्पको एक बर्ष पूरा भएको स्मरणमा आयोजना हुने सम्मेलन आयरल्याण्डमा रहेर पुननिर्माणको क्षेत्रमा काम गर्दै आएका बिभिन्न गैर सरकारी संस्थाहरुले गर्नसक्ने पहलमा केन्द्रीत हुने सोसाइटिले जनाएको छ ।
‘नेपाल र आयरल्याण्डबीच जनस्तरमा रहेको प्रगाढ सम्वन्धको उचाइ नेपालमा गएको महाभूकम्पपछि आइरिश जनताले गरेको अपूर्व सहयोगले स्पष्ट गरसिकेको छ । सोसाइटिले नेपाल र आयरल्याण्डबीचको कुटनीतिक र सरकारी स्तरमा सम्वन्ध थप मजवुद बनाउन अन्तर संसदीय समूह गठन र दुवै पक्षबीच उच्च स्तरका राजनीतिक भ्रमण आयोजनाको प्रयत्न गरिरहेको छ,’ नवनिर्वाचित सभापति शाक्यले भने ।
उपसभापति जिवन तिम्सिनाले सोसाइटिले पछिल्ला बर्षहरुमा गरेको कार्यप्रगतिबाट आगामी बर्षहरुमा नेपाल आयरल्याण्डबीचको सम्वन्धलाइ थप नयाँ उचाइमा पु¥याउन हौसला मिलेको प्रतिक्रिया दिए ।















प्रतिक्रिया