२४ कार्तिक २०८३, मंगलबार

ओलीलाई कालोझण्डा देखाउँदा दिल्लीमा पक्राउ परेकालाई छाडियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kalo-jhanda-1

काठमाडौं, ९ फागुन । भारत भ्रमणका क्रममा दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउँदा पक्राउ परेका मधेसी विद्यार्थीहरु रिहा भएका छन् ।

तीव्र दबाबकाबीच भारतको स्थानीय प्रशासनले पक्राउ परेका २२ मधेसी विद्यार्थीलाई आइतबार दिउँसो छाडेको हो । पक्राउ गरी शनिवार अदालतको आदेशमा दिल्लीस्थित तिहार जेल चलान भएका विद्यार्थीहरु भारत सरकारको सिधा निर्देशनमा रिहा भएका हुन् ।

रिहा भएका यूनाईटेड मधेशी अफ नेपालसँग आवद्ध ति विद्यार्थीहरुलाई अहिल आदर्शन नगरमा भव्य स्वागत गरिएको छ । शुक्रवार साँझ पक्राउ परेका मधेसी विद्यार्थीहरुलाई रिहा गर्न काठमाडौंदेखि मधेसका अधिकांश जिल्लामा प्रदर्शन भएको थियो ।

madesi-student