२४ कार्तिक २०८३, मंगलबार

मधेसी मोर्चाका नेताहरूको अर्को गोप्य रहस्य लिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उज्वाल झा
उज्वाल झा

काठमाडौं, ९ फागुन । आफ्नो मुलुकको प्रधानमन्त्रीलाई विदेशी भूमिमा कालो झण्डादेखाएर बाहादुरी देखाउने आरु कोही नभएर हाम्रा पूर्वमन्त्री अनिलकुमार झा र मातृका यादवका पुत्रहरू रहेको रहस्य खुलेको छ ।

आफ्ना आमाबाबुको राजनीतिक पहुँचका आधारमा नयाँदिल्लीस्थित जहवारलाल नेहरु विश्व विद्यालयमा अध्ययनरत झा दम्पत्तिका छोरा उज्वल झासहितको युवाहरूले कालोभण्डा देखाएको खुलेको छ । झण्डा देखाउनेमा नेकपा (माओवादी)का अध्यक्ष तथा पूर्वमन्त्री मातृका यादवका छोरा सूर्यकिरण यादव पनि रहेका छन् ।

मातृका यादवले सधै भारतको विरोध गरिरहे । तर उनले त्यही भारतको राजदूतावासमार्फत जहवारलाल नेहरु विश्व विद्यालयमा अध्ययनका लागि आफ्ना छोरालाई पठाएको कालोझण्डा प्रकरणले रहस्य खोलिदिएको छ ।

कुरो यही सक्किँदैन । मधेसी जनताको नाममा लामो समयदेखि राजनीति गर्दै आएका यी मधेसी नेताहरूले आफ्ना छोराहरूलाई भारतको राम्रो विश्व विद्यालयमा लगेर अध्ययन गराइरहेका छन् । तर मधेसमा गरिव मधेसी जनताका छोराछोरीलाई मधेस आन्दोलन र अधिकारका नाममा छ महिनादेखि सडकमा लगाइ रहेका छन् ।

JNU India MOrcha Kalo Jhandaती विद्यार्थीको पढाइ विग्रिएको छ । उनीहरूको पढाइ विग्रिएको जिम्मेवारी अनिल झा, उनकी पत्नी डिम्पल झा, मातृका यादव, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतले लिन्छन् ? पक्कै लिँदैनन् । एक मधेसी मोर्चाका नेताले भने, ‘यो सबै राजनीति हो । तपाईलाई सबै कुरा भन्न मिल्दैन राजनीतिमा जे पनि हुन्छ । माओवादी युद्धमा बाबुरामकी छोरीले राम्रो शिक्षा पाइन, प्रचण्डको छोरा प्रकाशले पढ्नका लागि राम्रो अवसर पाए । तर पढ्न सकेनन् । अरु नेताहरू पनि लामो सूची छ ।’

आन्दोलनमा ठूला सपना देखाएर आन्दोलन गरिरहेका ती मधेसी विद्यार्थीले छ महिनादेखि पढ्न पाएका छैनन् । यसले पनि के देखाउँछ भने आफ्ना छोराछोरीलाई राजनीतिक पहुँचमा जहवार लाल नेहरु जस्ता राम्रा शिक्षण संस्थामा अध्ययन गराउने तर त्यही मधेसी जनताको गरिव छोराछोरीलाई विद्यालयमा पढ्न नदिने ।

आफ्नो मुलुकको प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनेलाई भारतीय प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । अहिले उनीहरूले तिहाड जेलमा चिसो हावा खाइ रहेका छन् ।

यता उनीहरूको बाबुआमाले विज्ञप्ति जारी गरेर रिहाइको हारगुहार गरिरहेका छन् । भारतीय दूतावास लैनचौरमा दैनिक धाइरहेका छन् ।