लन्डन । नेपालको ओखलढुंगा जिल्लाबाट आएर बेलायतमा बसोबासरत ओखलढुंगाबासीहरुको बृहत भेला यहि मे २१ तारिखमा हुन् गइरहेको छ ।
बिगत ६ वर्षदेखि प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको जिल्लाबासीहरुको भेला गत वर्ष औपचारिक रुपमा ओखलढुंगा जिल्ला समाज गठन भएपछि बृहत रुपमा गर्न लागिएको हो ।
ओखलढुंगा जिल्ला समाज, युकेको अध्यक्ष क्याप्टेन (रि) नानीबाबु मगरको अध्यक्षतामा लण्डनको मोडर्नमा बसेको समितिको पूर्ण बैठकले सो वार्षिक कार्यक्रम आयोजना लगायत बिभिन्न निर्णयहरु गरेको छ ।
समितिका सदस्य कृष्णगोपाल गुरुङ्गको संयोजकत्वमा हुनगइरहेको मनोरन्जनात्मक कार्यक्रमको संयोजन समिति सदस्य मोती सुनुवारले गर्न गइरहेको समितिका महासचिव नारायण गुरुङले बताउनु भयो ।
नेपालमा गएको भूकम्पमा पनि ओखलढुंगा जिल्ला समाजको तर्फबाट रुम्जाटार सोसाइटी युकेमार्फत ओखलढुंगाका भूकम्प पीडितहरुलाई सहयोग पुर्याउनुका साथै ओखलढुंगास्थित सामुदायिक अस्पतालमा रहेको रक्त संचार केन्द्रमा अत्यावश्यक सामाग्रीहरु उपलब्ध गराउन लागिएको कुरा समाजका सल्लाहकार शिवजी श्रेष्ठले बताउनुभयो ।
ओखलढुंगाबासीको भेलामा बच्चाहरुको लागि शिक्षामुलक एबम मनोरन्जनात्मक कार्यक्रम तथा महिलाहरुको लागि समेत मनोरन्जनात्मक कार्यक्रम राखिएको समाजका अध्यक्ष् नानीबाबु मगरले बताउनुभयो ।
भेलामा बेलायतभरिका करिब ५०० ओखलढुंगेहरुको जमघट हुने अनुमान गरिएको कार्यक्रम संयोजक कृष्ण गोपाल गुरुङले बताउनु भयो ।















प्रतिक्रिया