२४ कार्तिक २०८३, मंगलबार

अनेरास्ववियुको मतगणना स्थगित, ६ सय ५१ मतगणना बाँकी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML Akhilकाठमाडौं, ९ फागुन । एमाले निकट अनेरास्ववियुको मतगणना केही समयका लागि स्थगित भएको छ ।

शुक्रबार साँझदेखि सुरू भएको मतगणना केही समयका लागि स्थगित गरिएको हो । मतगणनामा सहभागीहरूलाई केही समय आराम गर्नका लागि मतगणनाको कार्य स्थगित गरिएको हो । मतगणना एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा गरिएको छ ।

अनेरास्ववियुको २२औँ राष्ट्रिय महाधिवेशनमा कुल १ हजार ५ सय १६ मत खसेको थियो । हालसम्म ८ सय ६५ मतगणना भइसकेको छ । अब मतगणना गर्न ६ सय ५१ मत बाँकी रहेको छ ।

हालसम्मको मतगणना अनुसार संस्थापन समूहबाट अध्यक्षकी प्रत्याशी नवीना लामा झण्डै एक सय १३ मतसहित अगाडि देखिएकी छिन् ।

उनले ४ सय ८७ मत पाएकी छिन् । वरिष्ठ नेता माधव नेपाल समूहबाट अध्यक्षमा उम्मेदवरी दिएका दीपक गौतमले ३ सय ७४ मत पाएका छन् ।

महासचिवमा ऐन महरले ४ सय ८१ र गौतम समूहका अव्दुल खाँले ३ सय ६९ मत पाएका छन् । महर लामा समूहका हुन् भने खाँ गौतम समूहका उम्मेदवार हुन् ।