२४ कार्तिक २०८३, मंगलबार

नवीनाको अग्रता कायमै, दीपक धेरै पडाडि (ताजा अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepak & Nabina

काठमाडौँ, ८ फागुन । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा अध्यक्षका उम्मेदवार नविना लामाले तीव्र गतिमा अग्रता लिएकी छिन् ।

शुक्रबार साँझदेखि एमाले पार्टी कार्यालय धुम्बाराहीमा जारी मतगणनाको पछिल्लो ताजा मतपरिणाम अनुसार नविनाले १०० भन्दा बढी मतले अग्रता लिएकी छिन् ।

गण्डकी अञ्चलको मतगणना सकिदा उनले ४६२ मत पाएकी छिन् । त्यसैगरी उनका प्रतिद्वन्द्वी दिपक गौतमले ३५४ मत पाएका छन् । मतगणना जारी छ ।

बाइसौँ सम्मेलनबाट नयाँ नेतृत्वका लागि गत बिहीबार सम्पन्न केन्द्रीय पदाधिकारीको निर्वाचनको मतगणना नेकपा (एमाले) पार्टी कार्यालय धूम्रबाराहीमा शुक्रबारदेखि हुँदै आएको छ ।

अहिलेसम्म काठमाडौँ उपत्यका, मेची, कोसी, सगरमाथा र जनकपुर, गण्डकीलगायतको मात्र मतगणना सकिएको निर्वाचन कमिटीले जानकारी दिएको छ ।

नारायणी, गण्डकी, धवलागिरी, लुम्बिनीलगायत केन्द्रको मतगणना सकिएपछि आइतबार साँझसम्ममा सम्पूर्ण परिणाम सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ ।

सत्र पदाधिकारीसहित १४२ सदस्यीय समितिका लागि भएको निर्वाचनमा देशभरका एक हजार ५१९ मत खसेको थियो ।

हेर्नुस् पछिल्लो ताजा परिणामः

Nabina-Deepak