२४ कार्तिक २०८३, मंगलबार

ओली र मोदीबीच वार्ता, नेपाल-भारतबीच विभिन्न सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM Nepal Indiaकाठमाडौं, ८ फागुन । भारतले आजदेखि थप ८० मेगावाट बिजुली दिएको छ ।

ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने बिजुलीको आज भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रिमोटमार्फत स्वीच थिचेर उद्घाटन गरिएको छ ।

दुबै प्रधानमन्त्रीले हैदराबाद हाउसमा भएको एक समहारोमा बिजुलीको स्वीच अन गरेर उद्घाटन गरेका हुन् । नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नोडल एजेन्सीबीच बिजुली खरिद बिक्री सम्झौता भइसकेको छ ।

त्यसै गरी भेटवार्तामा दुई पक्षीय सम्बन्ध र अन्य विविध विषयहरूमा पनि छलफल भएका छन् ।

प्रधानमन्त्री ओली र मोदीको उपस्थितमा नौ सम्झौता भएको छ । हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौता पत्र आदान भएको छ ।

सम्झौतामा २५० मिलियन अमेरिकी डलर खर्चबारे सम्झौता भएको छ ।