काठमाडौं, ८ फागुन । एमाओवादीको स्थायी समितिको बैठक अचानक स्थगित भएको छ । बैठक स्थगित गर्नुपर्ने कारणका विषयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवालयले केही जनाएको छैन ।
एमाओवादीले स्थायी समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाएको थियो । स्थगित भएको बैठक भोलि बिहान ८ बजे अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बस्नेछ ।
बैठकमा केन्द्रीय समितिका निर्णयको समीक्षा, प्रदेश समितिहरुमा थपघट, जवस मोर्चाको भेला र सम्मेलनको मिति तय, पार्टी सदस्यको नवीकरण, सरकारका कामहरूको समीक्षालगायतका एजेण्डा छलफल गर्ने कार्यक्रम थियो ।












प्रतिक्रिया