काठमाडौं, ८ फागुन । एमाले निकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना आज पनि जारी छ । एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी मतगणनामा हालसम्म करिब ३ सय मतगणना भएको छ ।
पछिल्लो मतपरिणाम अनुसार अध्यक्षको उम्मेदवार संस्थापन समूहकी नवीना लामा अगाडि देखिएकी छिन् । उनले १ सय ९० मत पाएकी छिन् । उनलाई वरिष्ठ नेता माधव नेपाल समूहका दीपक गौतमले १ सय ५७ मतसहित पच्छ्याइ रहेका छन् ।
अत्यन्तै धिमे गतिमा मतगणना भएको आरोप अखिलका कार्यकर्ताले लगाएका छन् । मतगणना शुक्रबार साँझदेखि सुरु भएको हो ।
अहिलेसम्म उपत्यका, मेची र कोसी अञ्चलको मतगणना सकिन लागेको निर्वाचन समितिले जनाएको छ ।
पछिल्लो मतपरिणाम अनुसार उपाध्यक्षमा महेश बर्तौलाले १६४, रश्मी आचार्यले १८२, सुनिता बरालले १५२, शैलेश लामा १५८, राधिका खतिवडा १४४, सरोज यादव १३२, जीवन राई १६२ र नीलकण्ठ आचार्यले १४८ मत प्राप्त गरेका छन् ।
महासचिवमा अब्दुल हुसेन खाँं १७३ र ऐन महरले १७० मत पाएका छन् ।
खुल्लातर्फ सचिवमा मकर खड्का १७५, समिक बराल १७८, आरसी लामिछाने १७७, बसन्त ढकाल १२५, भक्तकुमारी लामा १५४, अशेष घिमिरे १३७, भीम रावल १२९ र सुरेश पराजुलीले १८५ मत पाएका छन् ।
महिला सचिवमा आरती लामा १८० मत र कमला बोहराले १५८ मत प्राप्त गरेका छन् ।
मधेसी कोटातर्फको सचिवमा दुर्गानन्द ठाकुरले १३३, ओसिन आलमले १९७ मत प्राप्त गरेका छन् ।
जनजाति सचिवमा अमृत बुढामागरले १७१, गौतम राईले १५६ मत र कोषाध्यक्षमा झपेन्द्र खत्रीले २०५ मत तथा कमल शाहीले १४१ मत पाएका छन् ।












प्रतिक्रिया