२४ कार्तिक २०८३, मंगलबार

दिल्ली पुगे प्रधानमन्त्री ओली, विदेशमन्त्री सुष्मा स्वराजले गरिन् स्वागत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-At-India-1

काठमाडौं, ७ फागुन । ६ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्ली पुग्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नुभयो । राजकीय सम्मानका साथ भारतले भ्रमणमा बोलाएपछि प्रधानमन्त्री ओली ४६ सदस्यीय सरकारी प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बिहीबार साढे ३ बजे काठमाडौंबाट दिल्ली प्रस्थान गर्नुभएको थियो ।

दिल्ली ओर्लिनुभएका प्रधानमन्त्री ओली विमानस्थलबाट सिधै राष्ट्रपति भवन पुग्नुभएको छ ।

Kp-oli-At-India-2 Kp-oli-At-India-3