काठमाडौँ, ७ फागुन । काठमाडौंको नरेफाट खोलामा नुहाउन जाँदा एक युवती बलात्कृत भएकी छिन् ।
जवरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–३५ नरेफाट बस्ने ओखलढुंगा थाक्ले–२ घर भएका ४३ बर्षीय गणेश बास्तकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
निजले विहिबार नरेफाट बस्ने काभ्रे भुम्लुसल्ले घर भएकी २० बर्षीया महिलालाई नरेफाट खोलाको किनारमा जवरजस्ती करणी गरेको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया