२४ कार्तिक २०८३, मंगलबार

संविधानमा सबै जातिको समानुपातिक प्रतिनिधित्व अझै सुनिश्चित् भएन्ः बाबुराम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattaraiचितवन, ७ फागुन । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधान आए पनि सबै जातिको समानुपातिक प्रतिनिधित्व अझै सुनिश्चित् हुन नसकेको बताउनुभएको छ ।

नेपाल कुमाल सुधार समितिको छैटौँं राष्ट्रिय महाधिवेशनको आज भरतपुरमा उद्घाटन गर्दै उहाँले समावेशी प्रतिनिधित्वका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

वर्तमान परिस्थितिको निकासका लागि राजनीतिक दलहरु सक्षम नरहेको भन्दै उहाँले यही ढङ्गबाट देश अगाडि नबढ्ने बताउनुभयो । संविधान कार्यान्वयन हुन दलहरु नयाँ ढङ्गबाट सङ्गठित रुपमा अगाडि बढ्नुपर्ने भन्दै उहाँले नयाँ शक्ति निर्माण अभियान उत्पीडित, सीमान्तकृत र लोपोन्मुख जातिको उत्थानका लागि भएको बताउनुभयो ।

नयाँ शक्ति निर्माण अभियानका संयोजक समेत रहनु भएका भट्टराईले भन्नुभयो “उत्पीडित, सीमान्तकृत र लोपोन्मुख जातिको उत्थानका लागि पार्टी घोषणा भएदेखि नै हामी लागेका छौं ।”

अधिकारका लागि यी जातिहरू आफैं सङ्गठित ढङ्गले लाग्नुपर्ने भन्दै उहाँले यो समुदायको उत्थान नभई देशको विकास हुन नसक्ने बताउनुभयो ।

पछाडि पारिएका जातिको उत्थानसँगै समग्र देशको विकास सम्भव हुने भन्दै उहाँले यसतर्फ कुनै पनि राजनीतिक दलले ध्यान पु¥याउन नसक्दा देश समृद्धितर्फ लम्किन नसकेको बताउनुभयो ।

दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । उद्घाटन कार्यक्रम नागेन्द्रकुमार कुमालको सभापतित्वमा सम्पन्न भएको थियो । रासस