२४ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओलीले जहाज चढ्न ढिलो गर्दा…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Air-India

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जहाज चढ्न ढिलो गर्दा तीन वटा जहाज आकाशमै होल्ड भएका छन् ।

६ दिने भारत भ्रमणका लागि शुक्रबार दिउँसो ३ बजेको फ्लाइट बुक गरेका ओलीले नयाँ दिल्लीका लागि प्रस्थान गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ढिलो गर्दा दोहा र दिल्लीबाट काठमाडौं आएका तीन वटा जहाज आकाशमै होल्ड भएको विमानस्थल स्रोतले जनाएको छ ।

airport

स्रोतका अनुसार दोहाबाट आएको कतार एयरवेजको एयरबस ३३०–२०२ जहाज, दिल्लीबाट आएका एयर इन्डियाको एयरबस ए३२१–२११ जहाज र जेट एयरवेजको बोइङ ३३७–८५आर विमान काठमाडौं पुगेको १५ मिनेटसम्म आकाशमै घुमेको थियो ।

नेपाल बायु सेवा निगमको जहाजबाट ओली नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहँदा प्रधानमन्त्रीको उडानका लागि अन्य जहाजको अवतरण रोकिएको थियो । जसका कारण तीनवटा जहाजले आकाशमै होल्ड गर्नुपरेको थियो ।

प्रधानमन्त्री ३ बजे उड्ने भनिएपनि ३ बजेर ३० मिनेट मात्रै उडेका थिए ।