
काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण आजदेखि सुरु भएको छ ।
प्रधानमन्त्री भएको झण्डै पाँच महिनापछि ओलीले भारतबाट पहिलो विदेश भ्रमण सुरु गरेका हुन् । भारतको ६ दिने राजकीय भ्रमणका लागि ओली शुक्रबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेका छन् ।
४६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली नेपाल एयरलाइन्सको नियमित जहाज चढेर दिल्ली गएका हुन् ।
ओलीको साथमा पत्नी राधिकासहित उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्ति बस्नेत, मुख्यसचिव, सचिवहरु, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारीलगायत छन् ।
भारत भ्रमणकाक्रममा ओलीले शनिबारदेखि राजनीतिक भेटघाट थाल्नेछन् । दिल्ली उडेको ओली नेतृत्वको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, नेताहरुसहित सरकारी अधिकारीहरुले बिदाइ गरेका थिए ।
ओली भ्रमण सकेर फागुन १२ गते स्वदेश फर्किनेछन् ।
भ्रमण टोलीमा को को छन् ?
१) प्रधानमन्त्री केपी शर्मा ओली
२) प्रधानमन्त्री ओलीकी श्रीमती राधिका शाक्य
३) उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा
४) अर्थ मन्त्री विष्णुप्रसाद पौडेल
५) गृह मन्त्री शक्तिबहादुर बस्नेत
६) प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल
७) राष्ट्रिय पुनर्निर्माण प्राधिकणका सिइओ सुशील ज्ञवाली
८) प्रधानमन्त्री ओलीका निजी सचिव इन्द्रप्रसाद भण्डारी
सांसदहरु
९) भानुभक्त ढकाल
१०) राजन भट्टराई
११) लालबाबु यादव
१२) हितराज पाण्डे
१३) जितेन्द्रनारायण देव
१४) बिक्रम पाण्डे
१५) सीमाकुमारी बिक
१६) भक्तबहादुर विश्वकर्मा खपाङगी
१७) शिवकुमार मण्डल केवट
१८) ऐइन्द्र सुन्दर नेम्वाङ
२०) नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदी
२१) परराष्ट्र सचिव शंकरदास वैरागी
२२) उर्जा सचिव सुमनप्रसाद शर्मा
२३) बाणिज्य सचिव नइन्द्रप्रसाद उपाध्याय
२४) भौतिक पूर्वाधार तथा यातायात सचिव अर्जुन कुमार कार्की
२५) प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार गोपाल खनाल
२६) लगानी बोर्डका सिइओ राधेश पन्त
२७) परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश कुमार सुवेदी
२८) चिफ अफ प्रोटोकल रमेशप्रसाद खनाल
२९) अर्थमन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल
३०) कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फनिन्द्र गौतम
३१) प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद कुमार सिंह
३२) प्रधानमन्त्री ओलीका निजी चिकित्शक डा. दिव्या सिंह
३३) प्रधानमन्त्री ओलीका निजी सचिव राजेश बज्राचार्य
३४) परराष्ट्र मन्त्रालयका उपसचिव भरतकुमार रेग्मी
३५) प्रधानमन्त्री ओलीका अंग रक्षक भुवन खत्री
३६) सुरक्षा अधिकृत डिसपी सन्तोष तामाङ
३७) परराष्ट्र मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद ओडारी
३८) प्रोटोकल अफिसर चक्रकुमार सुवेदी
३९) सहयोगी शितल बज्राचार्य
भारतका लागि नेपाली दूतावासका प्रतिनिधिहरु
४०) राजदूत दीपकुमार उपाध्याय
४१) कार्यकारी प्रमुख कृष्णप्रसाद ढकाल
४२) ढुन्डिराज पोखरेल
४५) तिर्थराज वाग्ले
पत्रकारहरु
४६) नेपाल टेलिभिजनका रवीचन्द्र पराजुली
४७) नेपाल टेलिभिजनका क्यामेरा म्यान पुरुशोत्ताम घिमिरे
४८) राष्ट्रिय समाचार समितिका प्रतिनिधि प्रकाश सिलवाल
४९) दृष्टी साप्ताहिकका प्रमुख सम्पादक शम्भु श्रेष्ठ
५०) रेडियो नेपालका प्रतिनिधि गोविन्द चिमोरिया
५२) स्टील फोटोग्राफर आनन्दराम डंगोल












प्रतिक्रिया