काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजदेखि शुरू हुने ६ दिवसीय भारत भ्रमणलाई उच्च सम्मान दिंदै भारतीय राष्ट्रपति भवनमा राखिने तयारी गरिएको छ ।
भ्रमणको सबैभन्दा चासोको विषय नै यही हो । सबैलाई जिज्ञासा हुन सक्छ आखिर कस्तो छ त प्रम ओली बस्ने ठाउँ ? कसरी सजिएको छ त ओलीको सुत्ने कोठा ? कहां बसेर ओलीले राजनीतिक भेटघाट गर्छन् ? ओलीको सम्मानमा दिईने भोज कुन ठाउंमा हुनेछ ?
दैनिक नेपाल डट कमले आफ्ना पाठकहरूको लागि भारतको नयां दिल्लीस्थित राष्ट्रपति भवनको भित्री र एक्सक्लूसिभ तस्वीरहरू सार्वजनिक गर्दैछ ।
प्रम ओलीले राष्ट्रपति भवनको यसै बैठक कक्षमा भारतका राजनीतिक दलका प्रमुखहरू संग भेंटघाट गर्नेछन्।यस विशेष बैठक कक्षमा प्रधानमन्त्री ओली र भारत सरकारका विभिन्न मन्त्रीहरू संग भेटघाट गर्नेछन्।यो कक्षमा भारतका राष्ट्रपतिले प्रम ओलीको सम्मानमा स्टेट ब्यांक्वेटको आयोजना गरेका छन्।यस विशेष कक्षमा भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमंडल बीच भेटघाट हुने छ।यस बैठक कक्षमा भारतका राष्ट्रपतिले नेपाली प्रतिनिधिमंडललाई संबोधन गर्ने कार्यक्रम रहेको छ।प्रम ओली यसै विशेष कोठामा सुत्ने छन्। पुरातन शैलीमा बनाईएको यो कोठामा प्राचीन कलात्मक रूपले सजाईएको छ।
प्रतिक्रिया