
काठमाडौं, ७ फागुन । दुई माओवादीबीच एकीकरणको प्रक्रिया चलिरहँदा एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले अब बन्ने माओवादी पार्टीको अध्यक्ष मोहन बैद्य ‘किरण’ हुने बताएका छन् ।
आफ्नो अन्तर्वार्ताका क्रममा प्रवक्ता शर्माले अहिलेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘आउट’ हुने बताए ।
उनले भने- ‘हिँजो उहाँकै नेतृत्वमा हामी थियौँ । उहाँ पनि हाम्रै अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा हुनुहुन्थ्यो । आज नेपालमा भएका माओवादीहरु एक भएर हाम्रा बाँकी क्रान्ति पुरा हुन्छ भने हामी थोरबहुत त्याग गर्न सकिन्छ । एकीकरणका लागि प्रस्तावित सहमतिअनुसार अब एकीकृत माआवादीका अध्यक्ष मोहन बैद्य किरण हुनुहुनेछ । प्रचण्डले नेतृत्वबाट विश्राम लिनुहुनेछ ।’
प्रवक्ता शर्माले आफ्ना पूर्व उपाध्यक्ष मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीसँग एकीकरणका लागि पहल अन्तिम चरणमा पुगेको बताए । एमाओवादीमा आउनका लागि बैद्यले अध्यक्ष बनाइए आउन सक्ने संकेत गरेपछि प्रचण्ड नेतृत्व छाड्न तयार भएको स्रोतको दाबी छ ।
प्रवक्ता शर्माले एकताको विकल्प नभएको र नयाँ चरणमा युग प्रवेश गरिसकेको हुँदा सबै परिमार्जित भएर एकीकृत हुनेपर्ने बताए । उनले मोहन बैद्य किरण अध्यक्ष भए कुनै अप्ठेरो नपर्ने बताए ।












प्रतिक्रिया