काठमाडौं, ७ फागुन । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि बुधबार भएको मतदानको गणना आजदेखि हुने भएको छ ।
अध्यक्ष मण्डलले शुक्रबारदेखि मतगणनाको तयारी गरेको प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो ।
सत्र पदाधिकारीसहित १ सय ४२ सदस्यीय समितिका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा गरिने बताइएको छ ।
देशभरका एक हजार ५९७ प्रतिनिधिले मतदान गरेका थिए । गत बिहीबारदेखि जारी सम्मेलनको समय लम्बिँदा मतदान ढिला भएको थियो ।












प्रतिक्रिया