न्यूयोर्क । नेपाली राजदूतावास तथा वर्ल्ड फेशन परेड्को आयोजनामा अमेरिकाको न्यूयोर्क शहरमा नेपालको कला ,संस्कृति, भेषभुषा र पर्यटन प्रबर्धन सम्बन्धी कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।
उक्त कार्यक्रम गत फेब्रुअरी १२ देखि १४ सम्म चलेको चर्चित फेशन शो कुटुर फेशन विकको अवसरमा गरिएको थियो ।
फेशन शोका दौरान नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदासम्बन्धि तस्बिरहरुको स्लाईड शो देखाइएको थियो ।
नेपाली संगीतको धुनमा गरिएको क्याट वाकमा बिभिन्न मुलुकका ११ मोडेलहरु राईजिङ इन्टरनेशनल कम्पनीद्वारा तयार पारिएको नेपाली फ्याब्रिकको पोशाक र नेपालमा डिजाईन गरिएको गरगहनाहरु लगाएर प्रस्तुत भएका थिए ।
उक्त प्रदर्शमा नेपाली पुरुष मोडेल दौरा सुरुवाल र टोपी लगाई प्रस्तुत भएका थिए ।
उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्कीले बिजयी ४ जना मोडेलहरुलाई १० दिनको फोटो सुटिङको लागि नेपाल भ्रमणको प्याकेज प्रदान गर्नु भएको छ ।
मुलधारका संचार माध्यमहरुले प्राथमिकता साथ प्रसारण गरेको उक्त कार्यक्रमले नेपालको ब्यापार र पर्यटन प्रबर्धनमा सघाउ पुग्ने विश्वास गरिएको छ ।















प्रतिक्रिया