
काठमाडौं, ६ फागुन । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियान नेपालले सर्वसाधारणका लागि आकर्षक पुरस्कारको घोषणा गरेको छ ।
विहीबार बसेको केन्द्रीय सचिवालय बैठकले नयाँ शक्ति अभियानलाई सुझाव दिने र उत्कृष्ठ लोगो निर्माण गर्ने सर्वसाधारणलाई उत्कृष्ठ पुरस्कारको घोषणा गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।
उनका अनुसार बैठकमा संगठन निर्माण सम्बन्धि कार्यसूचीमा पार्टीको लोगो र झण्डाबारे ब्यापक छलफल भएको थियो ।
उक्त छलफलबाट तीन दिनको समय दिएर सर्वसाधारणको सुझाव लिने र सोही सुझावका आधारमा छनोट गर्ने निर्णय गरिएको छ । यसरी सार्वजनिक सुझाव दिँदा नयाँ शक्ति नेपालको अवधारणा झल्कन पर्ने, नेपाली समाजका मुख्य तीन कलष्टरको प्रतिनिधित्व हुन पर्ने, पाँच स को मर्मबोध हुनपर्ने र झण्डा मध्ये उत्कृष्टलाई चयन गरिनेछ ।
उत्कृष्ठ लोगो र झण्डाको डिजाइनलाई पुरस्कारको व्यवस्था गर्ने समेत निर्णय भएको प्रवक्ता खिमलाल देवकोटाले बताए ।












प्रतिक्रिया