२४ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीको प्रस्ताव गर्ने वरिष्ठ नेता देउवालाई रामचन्द्रको कडा जवाफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-Paudelकाठमाडौँ, ६ फागुन । वरिष्ठ नेता शेरबहादुर देउवाबाट प्रधानमन्त्री र संसदीय दलको नेता बन्न आएको प्रस्ताव अस्वीकार गर्दै कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले कडा जवाफ फर्काएका छन् ।

उनले उल्टै देउवालाई नै प्रधानमन्त्री र संसदीय दलको नेता बन्न प्रस्ताव गरेका छन् । काँग्रेस महाधिवेशनको मिति नजिकिँदै गर्दा कावा सभापति पौडेलले विहीबार आफ्नो सम्पर्क कार्यालय अनामनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू समक्ष उम्मेदवार भएकाले सभापतिमा सहयोग गर्न देउवालाई उल्टै आग्रह समेत गरे ।

पौडेलले पार्टीमा पछिल्लो समयमा भागबण्डाको प्रवृत्ति मौलाएकामा चिन्ता व्यक्त गर्दै त्यसलाई आफ्नो नेतृत्वमा अन्त्य गर्ने समेत बताए । आफूले संसदीय दलको नेता र पार्टीको नीति तथा प्रशिक्षण विभागको नेतृत्व गरी पार्टीलाई मजबुत बनाउने काम गरेको जिकिर गरे । उनले आफू सदैव लोकतन्त्र र मुलुकको आदर्श राजनीतिका पक्षमा अडिग गरेको उल्लेख गरे ।

पार्टीमा भागबण्डा र गुटगत राजनीति अन्त्य गर्ने बताउँदै कावा सभापति पौडेलले सबैलाई मिलाएर केही दिनमा नै सभापतिमा उम्मेदवारीको औपचारिक घोषणा गर्ने जानकारी गराए । पार्टीमा आफूले धेरै त्याग गरेको दाबी गर्दै कावा सभापति पौडेलले काँगे्रसलाई सशक्त र सक्षम बनाउन आफ्नो नेतृत्वको खाँचो रहेको औल्याए ।

पार्टीको यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुने १३ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन कावा सभापति पौडेलले तयारी थालेका छन् ।

यसअघि वरिष्ठ नेता देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी पौडेललाई प्रधानमन्त्री र आर्फ सभापति बन्ने योजना सुनाएका थिए ।