काठमाडौं, ६ फागुन । रोजगारीका लागि ईपीएस भाषा पास गरेर कोरिया पुगेको एक नेपाली युवाले बुधवार राति झुण्डिएर आत्महत्या गरेका छन् ।
४ बर्षअघि स्याङजा पञ्चमुलबाट कोरिया पुगेका २४ बर्षीय गणेशराज चापागाईं कम्पनी नजिकै रुखको हाँगामा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
आफू कार्यरत खोन्याङस्थित अटोमोबाइल कम्पनीबाट बुधबार दिउसोबाट हराएका चापागाईलाई कम्पनीमा कार्यरत अन्य नेपालीहरुले फेला परेका थिए । त्यहाँ कार्यरत नेपालीहरुका अनुसार चापागाईले छोटो नोट लेखेका छन् ।
स्थानीय सुनछाङ प्रहरीले सोलस्थित नेपाली राजदूताबासलाई घटनाको प्रारम्भिक जानकारी गराएको छ । उक्त कम्पनीमा अरु १२ नेपाली कामदार कार्यरत छन् । घटनाको विवरण परराष्ट्र मन्त्रालयमा पठाइसकिएको श्रम सहचारी अनिल गुरुङले जानकारी दिए ।












प्रतिक्रिया