१५ कार्तिक २०८३, आइतबार

जेलबाट भागेर मधेसमा गुण्डागर्दी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pistol-hatiyarगोलबजार (सिरहा), ६ फागुन । विभिन्न जघन्य मुद्दाका फरार एक अभियुक्तलाई सिरहा प्रहरीले हतियारसहित मङ्गलबार नै पक्राउ परे पनि आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामपुरबिर्ता–३ घर भई हाल मिर्चैया नगरपालिका–१ मा बस्दै आएका २८ वर्षीय धनेश्वर भन्ने दीपेन्द्रकुमार यादव छन् । लुकीछिपी नेपाल प्रवेश गर्ने क्रममा सिरहा नपा–१५ पटेर्वाबाट विशेष सुराकीको आधारमा यादवलाई एक पेस्तोलसहित पक्राउ गरी अनुसन्धानपश्चात् आज सार्वजनिक गरेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

एसपी ज्ञवालीका अनुसार पक्राउ परेका यादव यसभन्दा अगाडिसमेत हातहतियार खरखजाना मुद्दामा एक वर्ष कैद भुक्तान गरी रु ८० हजार जरिवाना तिरी २०७१ कात्तिक १ गते जिल्ला कारागार सिरहाबाट रिहा भएका थिए ।

२०७२ जेठ १३ गते साँझ ७ बजेको समयमा मिर्चैया नपा–११ स्थित कमला सिँचाइ नहरको नजिक सोही नहरका ठेकेदार अजय पौडेललाई गोली हानी ज्यान मार्ने प्रयास गरेका थिए । सो मुद्दा पनि यादवमाथि परेकाले सोही दिनदेखि लुकीछिपी बस्दै आएको थियो– एसपी ज्ञवालीले भन्नुभयो ।

यादवले विगतदेखि नै विभिन्न व्यक्तिलाई पटक पटक फोन गरी धम्क्याउने तथा आफूलाई भूमिगत गिरोहका नाइकेको रुपमा सिरहा जिल्लामा त्रास फैलाउँदै आएको सिरहा प्रहरीको दाबी छ ।

उनीमाथि हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको एसपी ज्ञवालीले जानकारी दिनुभयो । रासस