१५ कार्तिक २०८३, आइतबार

बसको ठक्करबाट पाँच घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DANGदाङ, ६ फागुन । बसको ठक्करबाट तुलसीपुरमा पाँचजना घाइते भएका छन् । बिहीबार बिहान तुलसीपुरबाट गोलटाकुरीतर्फ जाँदै गरेको ना.४ ख ८०२५ नम्बरको बसले तुलसीपुर–६ स्टार चोकमा सडकमा हिँड्दै गरेका मानिसलार्ई ठक्कर दिएको थियो ।

ठक्करबाट तुलसीपुर– १२ निवासी ३३ वर्षीय युवराज बस्नेत गम्भीर घाइते हुनुभएको छ । घाइते बस्नेतलाई थप उपचारका लागि कोहलपुरस्थित पठाइएको छ । उहाँको टाउको र छातीमा चोट लागेको राप्ती अञ्चल अस्पतालले जनाएको छ ।

रा. १ प २५११ नम्बरको मोटर साइकलबाट तुलसीपुरतर्फ आउँँदै गरेका बस्नेतलाई उक्त बसले ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक खुमानन्द पाण्डेकाअनुसार चालक मिठ्ठु चौधरीले मदिरा सेवन गरेर सवारी चलाएका कारण उक्त दुर्घटना भएको हो ।

मदिराले लठ्ठ चालकले गाडी नियन्त्रण गर्न नसक्दा सडक छेउमा हिँडिरहेका मानिस, मोटरसाइकल र अन्य सवारी साधनलाई ठक्कर दिएको थियो । रासस